मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

सरकारका हरेक निकायले क्षतिपूर्ति सहितको बडापत्र जारी गर्नु पर्छ : अधिवत्ता बिष्णु गिरी

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१ अशोज २०८०, सोमबार

काठमाडौ । कानूनी साक्षरता अभियानमा जुटिरहेका अधिवत्ता बिष्णु गिरीले सरकारका हरेक निकायले क्षतिपूर्ति सहितको बडापत्र जारी गर्नु पर्ने बताएका छन् । सरकारी कार्यालयमा यो कामको लागि यसलाई भेटने यति शुल्क लाग्ने र यति समयमा काम सम्पन्न हुने भनेर लेखिएको भएपनि सोही अनुसारको काम नहुनाले सेवाग्राहीले दूःख पाएको भन्दै कार्यालयले तोकेको समयमा सेवा दिन नसेके क्षतिपूर्तिको ब्यबस्था गर्नु पर्ने बताएका छन् । क्षतिपूर्ति सहितको बडा पत्र जारी गर्नाले सरकारी निकायहरु बढी जिम्मेबारी हुने अधिवत्ता गिरीको भनाई छ । 

नेपाली उपभोत्ता संरक्षण महासंघका केन्द्रीय सदस्य समेत रहेका अधिवत्ता गिरी पछिल्लो समय राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय विरुद्ध सर्बोच्च अदालतमा रिट दायर गरेर चर्चामा आएका हुन ।  हरेक नेपाली र नेपालमा बस्ने बिदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक रहेकोले आफू कानूनी साक्षरता अभियानमा जुटेको बताएका छन् ।  

कानुनी साक्षरता अभियानमा स्थानीय निकाय, बिधालय तथा क्लव बिभिन्न सामाजिक संघ संस्था कम्पनि तथा सामाजिक सञ्जाल मार्फत कानूनी दिदै आएका छन् ।  नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कार्यसममिति सदस्य समेत रहेका अधिवत्ता गिरीले  अनलाईन नबिकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन केपी ओली सरकारले ल्याएको नागरिकता बिद्ययक जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरिसकेका छन् । बिभिन्न पत्रपत्रिका तथा संञ्चारमाध्यमबाट नियमित रुपमा कानून सम्बन्धी लेख रचना तथा अन्र्तवार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा अधिवत्ता गिरीले जानकारी दिदै आएका छन् । 

मेलमिलाप कर्ता समेत रहेका अधिवत्ता गिरी पछिल्लो समय कानून सम्बन्धी बिबिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम दिदै आएका छन् । पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहायता प्रदान गदै आएका छन् । अधिवत्ता बिष्णु गिरी, कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत, चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कानून सम्बन्धी तालिम समेत लिएका छन् । बिभिन्न संघ संस्थाबाट सम्मान प्राप्त गरिसकेका अधिवत्ता गिरीका एलबी ल फर्मका संञ्चालक समेत हुन । अधिवत्ता गिरीको श्रीमति एक छोरा र एक छोरीका साथ बुढानिलकष्ठमा बस्तै आएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार