बाँके ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का स्थानीय युवा अरबी खाँको हत्या प्रकरणमा दोषीलाई उन्मुक्ति दिएको भन्दै स्थानीयहरूले विरोध प्रदर्शन गरेका छन्। २०८० चैत १८ गते भएको हत्याका दोषीहरूलाई प्रहरीले पक्राउ गरे पनि कारबाही प्रक्रिया अगाडि नबढाएको भन्दै आक्रोशित स्थानीयवासीले नेपालगन्जको धबोझी चोकमा चक्काजाम गरेका हुन् ।