मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सुपरमोडल नेपाल २०२२ नेपालगञ्जमा सम्पन्न

Youth Today News 1+ समाचार ( )
निणार्यकको भुमिकामा मिष्टर मोडल अफ नेपालगंज मिष्टर अरमान सिद्धिकि, फेशन डिजाईनर दुर्गा थापा, मोडल सोफिया रोका रहेका थिए भने प्रमुख अथिति अमित बाबु कुँवर रहनु भएको थियो ।
९ माघ २०७८, आइतबार

नेपालगंज । मेजेष्टीक ग्रुपको आयोजनामा किड्स एण्ड टिन सुपरमोडल नेपाल २०२२ कार्यक्रमको फाईनल प्रतियोगिता नेपालगंजमा सम्पन्न भएको छ ।

प्रतियोगिताबाट मिष्टर जुनियर सुपरमोडल नेपाल सजल शर्मा, मिस जुनियर सुपरमोडल नेपाल हिमानी सिंह ठकुरी, मिष्टर टिन सुपरमोडल नेपाल जितेन्द्र मिश्रा, मिस टिन सुपरमोडल नेपाल अथिना पुन मगर, मिष्टर जुनियर सुपरमोडल अ‍ेम्बेस्डर नेपाल निशान कसेरा, मिस जुनियर सुपरमोडल अ‍ेम्बेस्डर नेपाल रञ्जुला ठकुरी, मिस जुनियर सुपरमोडल नेपाल रनरअप सेद्रीना शाहि, मिष्टर टिन सुपरमोडल ऐम्बेस्डर नेपाल प्रिन्स गुप्ता, मिस टिन सुपरमोडल ऐम्बेस्डर नेपाल तुल्सी चपाई, मिष्टर टिन सुपरमोडल नेपाल रनरअप सुनिल चौधरी, मिस टिन सुपरमोडल नेपाल रनरअप भावाना चौधरी, अर्गनाईजर च्वाईस करुण गुरुङ्गले टाईटाल अवार्ड हात पारेका छन् । 

निणार्यकको भुमिकामा मिष्टर मोडल अफ नेपालगंज मिष्टर अरमान सिद्धिकि, फेशन डिजाईनर दुर्गा थापा, मोडल सोफिया रोका रहेका थिए भने प्रमुख अथिति अमित बाबु कुँवर रहनु भएको थियो ।

युवा, युवतीहरुको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा २५ भन्दा बढी प्रतिस्पर्धीले भाग लिएका मध्य बिभिन्न चरणहरु पार गर्दै, १२ जना प्रतिस्प्रधीहरु फाईनलमा पुगेका थिए । छनोट चरण पार गरेका प्रतियोगीहरुले करिब २५ दिनसम्म व्यक्तित्व विकास, उद्घोषण कला, र्याम वार्क लगायतका सैद्धान्तिक र व्यवहारिक ज्ञानसहितको प्रशिक्षण पाए । कला संस्कृतीको जर्गेना तथा विभिन्न क्षेत्रका बालबालिका, युवा युवतीहरुको अन्तरनिहीत प्रतिभालाई विश्व सामु प्रस्तुत तथा मोडलिङ क्षेत्रमा स्थापित गराउने यो प्रतियोगिताको उद्देश्य रहेको मेजेष्टिक ग्रुपका सि.इं.ओ. मन्जेश गिरीले बताए । 

उक्त प्रतियोगिताबाट अल्टिटुड वोल्ड सुपरमोडल नेपाल ग्रेण्ड विजेताहरु यस संस्थासँग एक बर्ष मोडलिङ्ग सम्झौता र शारदा एजुकेशन पार्क इन्टरनेशनलबाट ३५ हजार बराबरको शैक्षिक छात्रावृत्ती पाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार