मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

स्थानीय शैक्षिक सामग्री निर्माण तथा कक्षा कोठा ब्यबस्थापन तालिम सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
मधुवन नगरपालिका र बाँके युनेस्को क्लबको आयोजनामा साथै राजापुर नगरपालिकाको सहकार्यमा, प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा ‘सुरक्षा परियोजना’ अन्तर्गत प्रारम्भिक बालविकास (ईसीडी) र कक्षा १ का शिक्षकहरूका
१८ जेठ २०८२, शनिबार

बर्दिया । मधुवन नगरपालिका र बाँके युनेस्को क्लबको आयोजनामा साथै राजापुर नगरपालिकाको सहकार्यमा, प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा ‘सुरक्षा परियोजना’ अन्तर्गत प्रारम्भिक बालविकास (ईसीडी) र कक्षा १ का शिक्षकहरूका लागि चारदिने तालिम मधुवनमा सम्पन्न भएको छ।

  कम लागत/शून्य लागतमा शिक्षण सिकाइ सामग्री निर्माण गर्ने तरिका र समावेशी कक्षा व्यवस्थापन प्रविधिको विकासमार्फत शिक्षण अभ्यासमा सुधार ल्याउने उद्देश्यले संचालित उक्त तालिम २०८२ जेठ १५ देखि १८ गतेसम्म सञ्चालन गरियको थियो 

बाँके युनेस्को क्लबका अध्यक्ष रबि कुमार तुलाधरको अध्यक्ष्यतामा सम्पन कार्यक्रममा प्रमुख अतिथि मधुबन नगर पालिकाका नगर उपप्रमुख अनिता चौधरी ,अतिथिमा बाँके युनेस्को क्लबका सस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी ,बरिस्ठ उपाध्यक्ष्य पंचम गुरुङ ,शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल रहेका थिय 

 तालिमले प्रारम्भिक कक्षाको सिकाइ वातावरणमा सुधार ल्याउने , सहभागी शिक्षकहरूले स्थानीय स्रोतहरू प्रयोग गरी सजिलो र प्रभावकारी सिकाइ सामग्री बनाउने व्यावहारिक विधिहरू, साथै विविध सिकाइ आवश्यकताहरू भएका बालबालिकालाई लक्षित गर्दै समावेशी सिकाइ वातावरण निर्माण गर्ने उपायहरूबारे ४ दिन सम्म सहजीकरण गरियको थियो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै मधुबन नगरपालिका शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले शैक्षिक सामग्रीको प्रयोगले बालबालिकाको सिकाई लाइ कक्षा कोठा संग जोडन टेवा पुग्ने भयकोले यस्ता तालिमले शिक्षकको क्षमता बिकाशमा सहयोग पुने बताउनु भयो ,तेसै गरि प्रमख अतिथि मधुबन नगर पालिकाको नगर उपप्रमुख अनिता चौधरी ले स्थानीय सरकार र संघ सस्थाहरुको सहकार्यमा यस्ता कार्यक्रमले बिशेष योगदान पुराउने कुरा व्यक्त गर्नु भयको थियो तेसै गरि प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले युनेस्कोले संचालन गरेका क्रियाकलाप र यसको महत्व उदेस्य बारे प्रस्ट पर्नु भयको थियो ।

कर्यक्रमक सहभागी प्रभा भुषालले तालिम निकै फलदायी भयको ,यसले हाम्रो क्षमता बिकाश भयको र सिकेका कुरा कक्षा कोठामा लागु गर्ने प्रतिबढ्ता ब्यक्त गरेकी थिइन ।

४ दिनको तालिममा सिकेको शिप लाइ कक्ष्य कोठामा लागु गर्न र बालबालिकाको सिकाई मा सुधार ल्याउन शैक्षिक सामग्री को प्रयोग निकै प्रभावकारी हुने कुरा बाँके युनेको क्लबका अध्यक्ष्य रबि कुमार तुलाधरले बताउनु भयो भने कार्यक्रम संचालन परियोजना संयोजक ईश्वर बि.क ले गर्नु भयको थियो साथै कार्यक्रममा फिल्ड सुपर्भैजर सावित्रा भाट सहयोग गर्नु भयको थियो ।

तालिमको सहजीकरण प्रशिक्षक झल कुमारी कार्कीले गरेकी थिन । कार्यक्रम अन्तरक्रियात्मक सत्र, समूहगत कार्य र व्यवहारिक अभ्यासहरू सहित सञ्चालन गरियको थियो ।

तालिममा सहभागी शिक्षकहरूले कक्षा कोठामा प्रत्यक्ष रूपमा प्रयोग गर्न सकिने नयाँ सीपहरू सिक्न पाउँदा उत्साह व्यक्त गरेका छन्। तालिमले शिक्षक र विद्यार्थी दुवैलाई शिक्षालाई पहुँचयोग्य, आकर्षक र समावेशी बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार