मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सडक आश्रित मानवमुक्त बनाउने अभियानमा प्रदेश सरकार प्रतिबद्ध छ : सभामुख मगर

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

बाँके । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सडक आश्रित मानव मुक्त अभियानमा प्रदेश सरकारले लिएको प्रतिबद्धता पूरा गर्न आफु प्रतिबद्ध रहेको बताउनु भयाे । प्रदेश सरकारले यस अघि सडक आश्रित मानव मुक्त गर्ने घोषणा गरेको स्मरण गर्दै उहाँले भन्नुभयो सडक आश्रितहरुको लागि प्रदेश सरकारले बिशेष योजना बनाएर अगाडि बढ्ने जिकिर गर्नु भयो । 

शनिवार नेपालगन्ज स्थित निलसागर सेवा आश्रमको आठौं बार्शिकोत्सव समारोहलाई सम्बोधन गर्नु हुँदै उहाँले भन्नू भयो- "प्रदेश सरकारले पहिलो कार्यकालमा यो प्रतिबद्धता गरेको थियो, त्यसलाई पूरा गर्नु आजको आवश्यकता हो ।" 

सभामुख घर्ती मगरले मानवको सेवा सबै भन्दा ठुलो धर्म भएको बताउनु हुँदै मानवता हराउदै गएको समाजलाई मानव सेवामा समर्पित गर्न आवश्यक रहेको बताउनु भयो । सरकारले गर्ने काम निलसागर जस्ता सामाजिक संघसंस्थाले गर्नु प्रसंशनीय भएको बताउदै सभामुख मगरले अभियानमा सबैले सहकार्य गर्नु पर्ने जिकिर गर्नुभयो । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाहले सडकआश्रित मानवको व्यवस्थापनमा गाउँपालिकाले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि अझै प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता गर्नु भयो । उहाँले निल सागरको भवन निर्माणका लागि पाँच लाख बराबरको इट्टा सहयोग गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा निलसागर सेवा आश्रमका संरक्षक एवं राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश बिष्टले मानव कल्याणकारी काममा समाजमा जागरण फैलाउनु जरुरी रहेको बताउनु भयो । सडक आश्रित मानवको मुक्तिको लागि सरकारले मात्र नसक्ने भएकाले उहाँले पबित्रकार्यमा सहयोगी मन जोड्दै अभियानलाई सार्थक बनाउनु पर्ने बताउनु भयो ।  

आश्रमका अध्यक्ष सरिता खनालले सहयोगी दाताहरुको सहयोगमा आश्रम संचालन भएको जानकारी गराउनु हुँदै मानवताको अभियानमा सहकार्य गर्न आग्रह गर्नु भयो । कार्यक्रममा सहयोग दाताहरु अभियान्ताहरुलाई सम्मान गरिएको थियो । निलसागर सेवाश्रमले असहाय अशक्त तथा जेष्ठ नागरिक सेवा गर्दै आएको छ । नेपालगन्ज आश्रममा ७० जना बालबालबालिका सहित २ सय ३३ जना आश्रित हुनुहुन्छ । पोखरा पाल्पा लगायतका शाखाहरुमा गरि ६ सय ४५ जना आश्रित हुनुहुन्छ भने ३ हजार २ सय ६५ जनाको परिवारमा पुनर्मिलन गराइएको संस्थामा उपाध्यक्ष नारायण बहादुर सुबेदी (अमन)ले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार