बाँके । ‘जेन–जी’आन्दोलनको आडमा नेपालगन्जका सरकारी कार्यालय आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिलाई बाँके प्रहरीले नियन्त्रणमा लिन थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त कार्यमा संलग्न रहेको भन्दै दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बाँके प्रहरीले नेपालगन्ज जयसपुरका शालिकराम पाठक र दीपक टमाटालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(डिएसपी) दीपक पातलीले पाठक र टमाटालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको बताए ।
पाठकले नेपालगगन्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय लगायतविभिन्न सरकारी कार्यालय र सवारी साधनमा आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोप छ । आन्दोलनको आडमा आगजनी, लुटपाट र तोडफोडमा संलग्न अन्य व्यक्तिहरुको पनि पहिचान गरेर पक्राउ गरिने उनले बताए । ‘अहिलेसम्म दुईजना पक्राउ परिसकेका छन्, अन्य ब्यक्तिको पनि पहिचान गरेर पक्राउ गर्नेछौं,’ डिएसपी पातलीले भने ।
आन्दोलनको आडमा नेपालगन्ज र कोहलपुरमा सरकारी तथा व्यक्तिगत संरचनामा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो ।
पत्रकार महोदय जि शलिक राम पठाक लाई तपाई हरु जैसपुर को नाम किना जोडनु हुन्छ जाबकी शलिक राम पठाक परस्पुर वार्ड न.१७ थुकैला को मान्छे हो आफनो समचार मा सचियाऊनु होला
कृषि ज्ञान केन्द्रमा पनि सावरी साधनमा आगजनी तोडफोड तथा लुटपाट गर्ने व्यक्तिलाई पनि पक्राउ गर्नु पयो ।