मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |
मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |


काग्रेस बाँकेका सभापति गौडेलमाथि टुरिस्ट सांसद राठौरको व्यक्तिगत टिप्पणी, राठौर प्रति कार्यकर्ताको आक्रोश

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
राठौरले बुटवल पुगेर रूपन्देही नेतृत्वलाई पानीमा डुबेर मर्न सल्लाह दिएछन्
१५ भाद्र २०८२, आइतबार

बाँके । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले जिल्ला सभापति नारायण प्रसाद गौडेलमाथि व्यक्तिगत टिप्पणी गरेपछि स्थानीय नेता तथा कार्यकर्ताबीच असन्तुष्टि ब्यक्त गरेका छन।

बाँकेको एक कार्यक्रममा राठौरले सभापति गौडेलले आफूलाई चुनाव हराउन लागिपरेकाे टिप्पणी गरे। सह महामन्त्री राठौरले पार्टी विधान नबुझी विद्राेही व्यक्तिलाई पार्टी प्रवेश गराउन खोजेको आरोप समेत लगाए। सह महामन्त्री राठौरले “कक्षा ४ पनि नपढेका सभापतिले के विधान बुझ्लान्” भन्ने कटाक्ष गर्दै सार्वजनिकरूपमा अपमान गरेका थिए।

राठौरले नेतृत्वलाई ४ कक्षा फेल, नपढेको, विधि बिधान नजानेको उपमा दिएका राठौरले बुटवल पुगेर रूपन्देही नेतृत्वलाई पानीमा डुबेर मर्न सल्लाह दिएछन् ।

राठौरको भनाइ सार्वजनिक भएपछि काँग्रेस नेता कार्यकर्तादेखि विपक्षी दलका नेतासम्मले आपत्ति जनाएका छन्।

काेहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सहमहामन्त्री ज्यूलाई जिल्ला सभापतिको काममा गुनासो वा आक्रोश थियो भने त्यो पार्टीको बैठकमा राख्नुपर्ने बताए। । उनले भने,” हामीलाई अपमान होइन, समाधान खोज्ने नेतृत्वको जरुरी छ।”

कोहलपुर–८ का वडाअध्यक्ष लालबहादुर रानाले सामाजिक सञ्जालमा लेखेका छन्, “नियत र क्षमतै नभएका मान्छेले नैतिकताको कुरा गर्छन्। नारायण गौडेल काँग्रेसको सम्पत्ति र सान हुन्, कसैका दास होइनन्।”

एमाले नेता प्रमोद धितालले पनि राठौरको अभिव्यक्ति असोभनीय र निन्दनीय भएको टिप्पणी गर्दै गौडेललाई “काँग्रेसको असल सिपाही” भनेका छन्।

त्यस्तै, फेसबुकमा छविलाल डाँगीले लेखेका छन ,”पार्टीको विधान र अनुशासनको प्रसङ्ग उठाउँदै, नेताले सामाजिक सञ्जालमार्फत दिएको यस्तो टिप्पणीले पार्टीलाई फाइदा भन्दा बेफाइदा हुने चेतावनी दिएका छन्।”

नेपाली कांग्रेसका युवा नेता रमजान अलिले आफ्नो फेसबुकमा लेख्छन् "कसैको एक कप चिया नखाएर जनताको काम गर्ने नेता श्री नारायण प्रसाद गौडेल ज्यु प्रति उच्च सम्मान छ राजनीतिक भन्दा पनि नारायण प्रसाद गौडेल को परिवार संग हाम्रो परिवारको ४० वर्ष देखिको पुरानो सम्बन्ध हो टुरिष्ट फटहा भन्दा हामी राम्रो संग चिनेका छौं र बुझेका छौँ उहाँ लाई भोलि को दिनहरूमा हेरौंला औकात कहाँ गएर बस्ने ? बर्दिया जिल्लामा कांग्रेस ध्वस्त बनायो बाँके छिर्यो आजभोलि बाँके जिल्लामा आतंक मच्चाउदै हिनेको छ नसाको तालमा अनावश्यक बोल्दै हिनेको छ कति राजनीति को भुत सवार छ नेता ज्यु हामी सम्मान गर्छौं यसको मतलब यो होइन हामी डराउछम फटहा पारा को राजनीति गर्नेहरू संग के को डर? नेपाली कांग्रेस बाँके काे राजनैतिक इतिहासमा सबै भन्दा बढी जनस्तरमा खटिएर जनता र कार्यकर्ताकाे भावना अनुरुप कार्य गर्ने, पदिय लाेभ लालच भन्दा माथि रही पार्टिकाे संगठ निर्माण, जनता कार्यकर्ताकाे समस्या र गुनासाे समाधानका लागि अहोरात्र खटिने एक प्रष्ट वक्ता, इमान्दार, सालिन, सादगी नेता तथा नेतृत्व तयार गर्ने अभिभावकका रुपमा चिनेका, बुझेका छन् जनता तथा कार्यकर्ताले आदरणीय नेता जिल्ला सभापति नारायण प्रसाद गाैडे ज्यूलाई ।

सभापति गौडेलका समर्थनमा धेरै कार्यकर्ताले लामो राजनीतिक यात्रा, संघर्ष र योगदान स्मरण गरेका छन्। शिक्षक नेता पवन यादवले भने, “गौडेल कसैको कृपाले सभापति भएका होइनन्। उहाँ ४५–४६ सालदेखि काँग्रेस राजनीतिमा सक्रिय भएर कार्यकर्ताले रोजेका नेता हो।”

यस्तै, प्रकाश सिग्देलले ४० वर्षदेखि जनताको सुखदुःखमा खटिएका इमानदार र कर्तव्यनिष्ठ नेतामाथि आरोप लगाइएको भन्दै आक्राेस पाेखेका छन् ।

स्थानीय कार्यकर्ताले पार्टी हित विपरीत सार्वजनिक टिप्पणी नगर्न सह महामन्त्री राठौरलाई चेतावनी दिएका छन।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार