मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

डुडुवाबासीले आफूहरुलाई नै जिताउने संकल्प लिएको चौधरीको भनाई

महमूद आलम खान 1133+ समाचार ( )
आज डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीमा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले पाँच बर्षमा आफ्नो नेतृत्वको टिमले गरेको काम जनताले देखेका कारण फेरि पनि डुडुवाबासीले आफूहरुलाई नै जिताउने संकल्प लिइसकेको चौधरीको भनाई छ ।
२७ वैशाख २०७९, मङ्गलबार

बाँके। नेपाली कांग्रेसका तर्फबाट डुडुवा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नरेन्द्रकुमार चौधरी पप्पुले डुडुवाका जनताले फेरि पनि कांग्रेसलाई चाहेकाले पाँच बर्षको अनुभव बोकेर आफूहरु फेरि चुनावमा होमिएको बताएका छन् । आज डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीमा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले पाँच बर्षमा आफ्नो नेतृत्वको टिमले गरेको काम जनताले देखेका कारण फेरि पनि डुडुवाबासीले आफूहरुलाई नै जिताउने संकल्प लिइसकेको चौधरीको भनाई छ ।

"कांग्रेसले गरेका काम देखेर प्रतिष्पर्धीहरु आत्तिएका छन्, मनगढन्ते कुरा गरेर जनतालाई दिग्भ्रमित पार्ने दुस्साहस भएको छ, तर, मलाई थाहा छ डुडुवाका जनताले सबै कुरो राम्रोसंग बुझेका छन्," चौधरीले भने-"तपाईंहरुले फेरि पनि आफ्नो अन्तरआत्मालाई सोधेर विवेक प्रयोग गर्नुहोस्, आफ्ना वास्तविक सेवकलाई चिनेर मतदान गर्नुहोस् ।"

चौधरीले डुडुवाका जनतालाई भ्रममा राखेर आफ्नो निहित स्वार्थ पूरा गर्ने समूह अस्वस्थ ढंगले प्रस्तुत भएको भन्दै त्यस्ता पात्र र प्रबृत्तिलाई बेलैमा पहिचान गर्न सजग बताए । वितेको पाँच बर्षमा सम्पन्न गर्न बाँकी काम र नयाँ योजनाहरु मार्फत् डुडुवालाई अझ विकसित र समृद्ध बनाउन आफूहरुको उम्मेदवारी रहेको उनको भनाई छ ।

उपाध्यक्षकी उम्मेदवार शाहिदा बानोले जनताले पाँच बर्ष आफूहरुको काम हेरिसकेकाले जनतालाई निर्णय गर्न कुनै गाह्रो नहुने बताइन् । रुख चिन्हमा छाप लगाई कांंग्रेसका सबै उम्मेदवारहरुलाई जिताउन उनले आग्रह गरिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार