मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

पत्रकार महासंघले खारेज गर्यो एमाले नेता बास्कोटाको सदस्यता

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
महासंघको पदीय जिम्मेवारीमा रहेका सबै उम्मेदवार (निर्वाचित, फिर्ता या पराजित जुन कुनै भएपनि) उनीहरुलाई एकमुष्ठ पदमुक्त गर्ने निर्णय गरेको महासंघले जनाएको हो ।
१६ जेठ २०७९, सोमबार

काठमाडौं । नेपाल पत्रकार महांसंघले नेकपा एमाले नेता गोकुल बास्कोटालगायत स्थानीय तहमा निर्वाचित प्रतिनिधिको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।

गत बैशाख ३० को स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका महासंघको पदीय जिम्मेवारीमा रहेका सबै उम्मेदवार (निर्वाचित, फिर्ता या पराजित जुन कुनै भएपनि) उनीहरुलाई एकमुष्ठ पदमुक्त गर्ने निर्णय गरेको महासंघले जनाएको हो ।

महासंघले राजनीतिमा प्रत्यक्ष रुपमा लागेकाहरुको सदस्यता खारेज नगरेको भनी आलोचना भएपछि उक्त निर्णय गरेको हो । महासंघको यो निर्णयपछि सांसद समेच रहेका पूर्वसञ्चारमन्त्री बास्कोटालगायत ८१ जना पत्रकारको सदस्यता खारेज भएको छ । महासंघको शनिबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटा पत्रकार महासंघको काठमाडौं जिल्ला शाखाका सदस्य थिए । पहिलो चरणमा पत्रकार महासंघको केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोशियट शाखामा कार्यसमिति भित्र रहेका पत्रकारहरुले स्थानीय तह चुनावमा उम्मेदवार दिएको मात्र भएपनि स्वत पदमुक्त गर्ने निर्णय महासंघले गत बैशाख ८ गते नै पदाधिकारी बैठकबाट गरेको थियो ।

अहिले उम्मेदवार भएका पत्रकार महासंघको साधारण सदस्यसम्म नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।

त्यस्तै, उम्मेदवारी दिएका तर फिर्ता वा पराजित भएका साधारण सदस्यहरुको हकमा भने महासंघको विधानअनुसार आचारसंहिता तथा अनुगमन विभागमार्फत प्रक्रिया थाल्ने निर्णय महासंघले गरेको छ ।

महासंघले गरेको निर्णय

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठक २०७९ जेठ १५ गते महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बस्यो ।

बैठकले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा महासंघका सदस्यता लिएका करिव २०० जना पत्रकारले उम्मेदवारी दिएका र तीमध्ये ८१ जना निर्वाचित हुन गएको सन्दर्भमा व्यापक छलफल गरी निम्न निर्णयहरू गरेको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१. महासंघको सदस्य रहेका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको महासंघको सदस्यता स्वतः खारेज हुने बैठकले निर्णय गरेको छ ।

२. स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका केन्द्र, प्रदेश र शाखाको पदाधिकारी तथा कार्यसमिति सदस्यहरू स्वतः पदमुक्त हुन गएकोले विधानको व्यवस्थाअनुसार गर्न गराउन बैठकले केन्द्र, प्रदेश र शाखालाई सूचित गर्ने निर्णय गरेको छ ।

३. बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि महासंघको विभिन्न तहबाट राजीनामा दिएका दुई केन्द्रीय सदस्यसहित ३० सदस्यहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

४. स्थानीय तहको निर्वाचनमा महासंघका साधारण सदस्यहरूले पनि उम्मेदवारी दिएको हकमा विधानमा व्यवस्था भएअनुसार आचारसंहिता तथा अनुगमन विभागमार्फत प्रक्रिया थाल्ने निर्णय गरियो ।

५. बैठकले विभिन्न सञ्चार प्रतिष्ठानहरूमा विद्यमान श्रम समस्याहरू समाधानका निम्ति सशक्त ढंगबाट अगाडि बढ्ने निर्णय गरेको छ । त्यसका लागि सम्वाद, छलफल, कानुनी प्रक्रिया र संघर्षका कार्यक्रमलाई एकसाथ लैजाने निर्णय गरेको छ ।

६. विभिन्न सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकारका सवालमा महासंघसँग भएका सहमति कार्यान्वयन नभएकोप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । तत्काल सहमति कार्यान्वयन नभएमा थप दबाबमूलक कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।

७. स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाललगातका निकायहरूको भूमिकाको बारेमा समीक्षा गर्दै बैठकले ती निकायहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

रोसन पुरी

महासचिव

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार