मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

‘प्रथम उपाध्यक्ष कप कराँते’ प्रतियोगिता राप्ती सोनारी गाउँपालिकामा शुरु

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२० जेठ २०८१, आइतबार

बाँके । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ बाँकेको राप्ती सोनारी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप कराँते प्रतियोगित सुरु भएको छ । आजबाट सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष तप्त पौडेलले उद्घाटन गर्नुभएको थियो ।

राप्ती सोनारी गाउँपालिकाको आर्थिक सहयोग तथा पालिका स्तरीय खेलकुुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्धघाटन गर्दै अध्यक्ष पौडेलले अनुुशासन, निरन्तरता र साहसले मात्रै खेलमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो । अध्यक्ष पौडेलले खेलकुदको क्षेत्रमा विगत देखि राप्ती सोनारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाम राख्न सफल भएको भन्दै  खेल बिकासका लागि पालिका हरदम तयार रहेको जिकिर गर्नु भएको थियो । 

खेलकुद क्षेत्रमा आफ्नो पदबाट पहिलो पटक खेलको आयोजना भएकोमा खुसी व्यक्त गर्दै राप्ती सोनारि गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले आगामी दिनमा झनै बृहत बनायर लैजाने बताउनु भयो । उहाँले भन्नुभयो, ८ वटा विद्यालयका गरि १३४ जना खेलाडीहरुको सहभागीता देखेर मन हर्षित भएको उल्लेख गर्नु भयो । 

खेलकुद विकास समितीका अध्यक्ष तेज बहादुर सुवेदीले सबैको साथ सहयोग पाए छोटो समयमा खेलकुदमा राप्ती सोनारीले परिणाम मुखी नतिजा निकालेर देखाउने विश्वास व्यक्त गर्नु भएको थियो ।  कार्यक्रममा जापान गोजुरियो कराँते डो मिसन संघ नेपालका लुम्बिनी प्रदेशका पदाधिकारी, प्रशिक्षक भक्त बहादुर राना, नेपाल पत्रकार महासंघका सहसचिव हेमन्त चौधरी,वडा अध्यक्षहरु, खेलाडी प्रशिक्षकहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार