मुख्य समाचार
तीन सयभन्दा बढी विद्यार्थी तथा अभिभावकको निःशुल्क कान परीक्षण | पत्रकारमाथि सांघातिक आक्रमणको २४ घण्टा बित्दा पनि अपराधी पक्राउ परेनन्, प्रहरीको अनुसन्धानमाथि प्रश्नैप्रश्न | पत्रकार आशिष मल्लमाथि रड प्रहार : आक्रमणकारीको तत्काल पहिचान गरी कारबाही गर्न पत्रकारहरूको माग | ४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री |

नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा

यूथ टुडे समाचारदाता 3695+ समाचार ( )
२९ श्रावण २०८३, शुक्रबार

बाँके । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व नागपञ्चमीका अवसरमा बाँकेको जानकी गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार नागपञ्चमी पर्वका दिन गाउँपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था तथा गाउँपालिका क्षेत्रभित्र सञ्चालित शैक्षिक संघ–संस्थामा सार्वजनिक बिदा रहनेछ।

गाउँपालिकाका अध्यक्ष छव्वन खाँ र प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायद्वारा हस्ताक्षरित सूचनामार्फत सार्वजनिक बिदाबारे जानकारी गराइएको हो। स्थानीय धार्मिक तथा सांस्कृतिक पर्वको महत्वलाई ध्यान दिँदै बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

बिदाका कारण गाउँपालिका कार्यालय, वडा कार्यालय तथा शैक्षिक संस्थाबाट प्रदान हुने नियमित सेवा एक दिन प्रभावित हुने भए पनि अत्यावश्यक स्वास्थ्यलगायतका सेवा भने निरन्तर सञ्चालनमा रहने गाउँपालिकाले स्पष्ट पारेको छ ।

नागपञ्चमीका अवसरमा दिइएको सार्वजनिक बिदाले स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै समुदायबीच आपसी सम्मान, सद्भाव र सामाजिक एकताको भावना थप बलियो बनाउने विश्वास गरिएको छ।

गाउँपालिकाले सार्वजनिक बिदासम्बन्धी जानकारी सम्बन्धित सबै सेवाग्राही, कर्मचारी, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई गराउन सूचना प्रकाशित गरेको जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार