मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ हजार १ सय ९९ जना उम्मेदवार
९ कार्तिक २०७९, बुधवार

काठमाडौँ — आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।

जसअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ हजार १ सय ९९ जना उम्मेदवार रहेका छन् ।

यसैगरी प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ को लागि ६ सय १६ जना, मधेश प्रदेशको लागि ८ सय ६३ जना, वाग्मती प्रदेशको लागि ७ सय ५४ जाना, गण्डकी प्रदेशको लागि ३ सय ४४ जना, लुम्बिनी प्रदेशको लागि ५ सय ७९ जना, कर्णाली प्रदेशको लागि २ सय जना र सुदूरपश्चिम प्रदेशको लागि ३ सय ५२ जना उम्मेदवारहरू रहेका छन् ।

आयोगले राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीको जाँचबुझ गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको नाम समावेश भएको अन्तिम बन्दसूची बुधबार प्रकाशन गरेको छ ।

समानुपातिकतर्फ दलहरुले पेस गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५ सय ५० जना व्यक्तिहरुको नाम आयोगले यसअघि नै सूचीबाट हटाइसकेको छ । दलहरूले पेस गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा गरी ६ हजार ४ सय ५७ जना उम्मेदवारहरू छन्।

उम्मेदवारहरूको नामावली निर्वाचन आयोगले आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ । बन्द सुचि हेर्नका लागि यो लिंक खोल्नु होला

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार