मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बाँके–३ मा रास्वपाको जीत : खगेन्द्र सुनार ९ हजारभन्दा बढी मतान्तरले निर्वाचित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

बाँके । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित हुनुभएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनारले २९ हजार ५ सय ५१ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार सुमन मल्लले १९ हजार ६ सय १५ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अमर सिंह पुनले १३ हजार २ सय १५ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्नुभएको निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जानकारी दिनुभयो।

अन्तिम मतपरिणामअनुसार सुनारले निकटतम् प्रतिस्पर्धी मल्ललाई ९ हजार ९ सय ३६ मतान्तरले पराजित गर्दै बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।

मतपरिणाम सार्वजनिक भएसँगै रास्वपा कार्यकर्ता तथा समर्थकहरूमा उत्साह छाएको छ। विजयी उम्मेदवार सुनारले मतदाताप्रति आभार व्यक्त गर्दै क्षेत्रको विकास, सुशासन र जनताको अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहने बताउनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार