ज्याउल हक
बाँके । लूम्बीनी प्रदेशको केन्द्र बिन्दू नेपालगञ्जमा रहेको सून्नीहरूको मरकज दारूल उलुम फैजुन्नबी जामा मस्जिद नेपालगञ्जले आफ्नो वार्षिक जश्न ए दस्तार बन्दी एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएको छ ।
भारतका बिभिन्न शहरका मौलाना तथा मूफ्तिहरूको सहभागितामा इस्लाम धर्मको पवित्र ग्रन्थ कुरआन अध्ययन गरेका चार जना विद्यार्थिहरूलाई परम्परागत शाफा, पहिरन तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको जामा मस्जिदका महा सचिव ईरफान सिददीकीले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा बोल्दै मूफ्ति अजहार अहमद अम्जदी (बरेली भारत ) ले शिक्षा बिना जिवन अंधकार हूने भएकोले मूस्लिम बालबालिकाले अनिवार्य हरेक खाले शिक्षा हासिल आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा हिफ्ज गरि सकेका हाफिज ए कूरानलाई बिभिन्न व्यक्तिहरूले उपहार तथा ओल्मा काउन्सिल लूम्बिनी प्रदेश उपाध्यक्ष मूफ्ति कहफूलवरा मिस्बाहीले आफूले लेखेको इस्लामी पुस्तकहरू प्रदान गर्नु भएको थियो। कार्यक्रममा सहभागी भएका मूफ्ति मौलाना र उल्माहरुलाई दोशल्ला ओढाई सम्मान गरेको नाजिम ए आला जामा मस्जिद ईमाम शरिफूल कादरीले जानकारी दिनु भयो । कार्यक्रमका बाँके जिल्ला भरीका हजारौँ मुस्लिमहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन सैय्यद हस्सान बिन नूर वास्ति (बाराबकीं भारत) ले देश र समाज को प्रगतिका लागी अल्लाह सगं दूआ गर्दै समापन गर्नुभएको थियो।