मुख्य समाचार
गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय |
मुख्य समाचार
गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय |


अन्तरिम सरकारमा मुस्लिम समुदायको निडर लेडि मोहना अन्सारी सहभागी हुन जरुरी छ !

यूथ टुडे समाचारदाता 3319+ समाचार ( )
१ अशोज २०८२, बुधवार

यो सरकारमा अर्याल मन्त्री बने। उनले अर्यालको लागि के गरेको छ भनेर कसैले सोधेन। घिशिंग बने। उसले जनजातिको लागि के गरेको छ भनेर सोधियेन। खनाल मन्त्री बने। कार्की प्रधानमन्त्री बनिन। यी सब कुनै न कुनै समुदायबाट आएका छन तर रामेश्वरले खनालको लागि सुशीलाले कार्की समाजको लागि के गरिन भनेर कसैले सोधेन। हामीले मोहना अन्सारीको नाम प्रस्ताव गर्दा केही मान्यवर हरेक पोस्टमा गएर प्र्श्न गर्दै छन- इनले मुस्लिमको लागि के गरेको छ? यस्ता प्रश्नहरुको जवाफ दिनु जरूरी छैन तर मुस्लिम समुदायमा व्याप्त यो रुग्ण प्रवृत्ति चिर्नु जरुरी छ।

आइपरेको अभुतपुर्व संकटबाट देशलाइ पार लगाउने गहन जिम्मेवारी बोकेको सन्क्रमणकालीन सरकारमा हाम्रो पनि सहभागिता हुनु पर्दछ भनेर हामी केहीले क्यामपेन चलायौ। गैर-राजनीतिक सरकारमा जानको लागि राष्ट्रिय अन्तर्राराष्ट्रिय पहिचान बनाएकी, राष्ट्रिय आयोगहरुमा काम गरेर राज्य प्रशासनको अनुभव लिएको, नीति निर्माण्मा योगदान दिन सक्ने, सर्वोच्च अदालतमा प्रैक्टिस गरिरहेकी, अनेकौ सम्मान र पुरस्कार बाट सम्मानित नेपालको पहिलो मुस्लिम महिला अधिवक्ता र अधिकारकर्मी उपयुक्त लागेर मोहना अन्सारीको नाम अगाडि सार्यौ। सयौ मानिसले पोस्ट शेयर गरे, समर्थन गरे। केहीले असहमति जनाए जुन स्वभाविक हो। 

मोहना अन्सारी लामो समय देखि वन्चितिकरणमा परेको समुह, अल्पसंख्यक, पिछडियेको समुदाय र महिलाको सामाजिक राजनीतिक अधिकार, प्रतिनिधित्व र सहभागिताको क्षेत्रमा सक्रिय नाम हो। के मुस्लिम यस भित्र पर्दैन? उनी राष्ट्रिय महिला आयोग, मानवअधिकार आयोग, मीडिया, थिन्क टैन्क, राष्ट्रिय अन्तर्राराष्ट्रिय फोरमहरु संग जोडिएर नेपालको शान्ति प्रक्रिया, दुइटा सन्विधानसभाको निर्वाचन र संविधान निर्माणको विभिन्न पक्षमा सन्लग्न भएको हामी ले हेर्दै आएका छौ। पार्टी र वोटको राजनीति बगैर उनले नेपालको राजनीतिक र सामाजिक डिस्कोर्समा 'ओपिनियन मेकर' को हैसियत बनाएकी छिन। त्यसको कुनै मुल्य छैन? २०६३ को जनआन्दोलन पछि बनेको 'राष्स्ट्रिय समावेशी आयोग'ले राज्यको नीति निर्माण र संविधान लेखनमा सहयोग पुग्नको लागि नेपालका विभिन्न जाति समुदायको बारेमा गराएको अध्ययन मध्ये मुस्लिम समुदायको बारेमा मोहना अंसारीले तयार गरेको अनुसन्धान मुस्लिम सम्बन्धी नीति निर्माणमा स्रोत सामग्री भएको हो। कोरोनाकालको संकटपुर्ण समयमा तब्लीगी जमात र मुस्लिम समुदायलाइ लान्छित गर्ने दुस्प्रयासलाइ चिर्न उनि राष्स्ट्रिय मुस्लिम आयोगका अध्यक्ष र अन्य मुस्लिम अगुवासंग मिल्रेर फील्डमा उत्रिन। रुबी खानको जस्तो न्यायको आन्दोलन होस वा हिंसामा परेकी महिलालाइ न्याय दिलाउने कुरा होस, नगरिकता विहीन मुस्लिम र अन्य समुदायको महिला पुरुषलाइ नागरिकता दिलाउन अदालती लडाइ देखि राज्य प्र्शासनसंग जुध्ने सम्म मोहना अंसारीको नाम जोडिन्छ। उनले एक शिक्षित, सक्रिय, जुझारू मुस्लिम महिलाको छवि बनाएकी छिन। के यो पर्याप्त छैन? सबै कुरा यहा लेखेर साध्य पनि छैन। 

हो, उनले मस्जिद मदरसाको लागि चन्दा उठाउने काम गरेको थाहा छैन। इस्तिमा, जलसा, दस्तारबन्दीको आयोजनामा लागिनन। हज कमिटि, मुस्लिम आयोग, पार्टिहरुको भात्रि संगठनको राजनीतिमा संलग्न भइनन। सउदी, कतरी एम्बेसेडर संग फोटो खिचेर फेसबूकमा हाल्ने काम गरिनन। सरकारी हाजी बन्न गइनन। त्यसमा तपाइको आपत्ति हो भने तपाइको प्रश्न जायज छ। होइन भने हरेक कुरामा नकारात्मकता देखाउन उचित हुन्दैन। 

हाम्रो फेसबूके अभियानले मोहना अंसारी वा जो कोही मन्त्री बनि हाल्ने होइन। यसको मतलब हामी रमिते मात्रै बन्ने र आफ्नो मांग उठाउन न सक्ने पनि होइन। हामीले मोहना अंसारीको नाम सार्यौ। तपाइ अरु नाम प्रस्ताव गर्न सक्नु हुन्छ। हामी समर्थन गर्छौ। हामी सोध्दैनौ उहाले मुस्लिमको लागि के गरेको छ? हाम्रो धारणा यति हो कि यस सन्क्रमणकालीन सरकारमा हाम्रो पनि सहभागिता हुनु पर्दछ। धन्यवाद।

प्रतिक्रिया

tabashum ansari ३ अशोज २०८२, शुक्रबार

मेाहना अन्सारी ज्युलाई मन्त्रि पदमा नियुक्त गर्नु पर्यौ सरकार।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार