मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

कर्तव्य, अनुशासन र राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्री शाहको नवआयुक्त अधिकृतलाई निर्देशन

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
२६ चैत्र २०८२, बिहीबार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गर्नुभएको छ।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले करिब ३६ महिनाको कठिन तथा चुनौतीपूर्ण प्रशिक्षण सफलतापूर्वक पूरा गरेका क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

उहाँले नवआयुक्त अधिकृतहरूलाई मातृभूमि र जनताप्रति पूर्ण समर्पणका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सैनिक जीवनमा अनुशासन, आचरण र ‘चेन अफ कमान्ड’को पालना अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो।

प्रधानमन्त्री शाहले भन्नुभयो, “सैनिक सेवामा प्रवेशसँगै तपाईँहरूको काँधमा राष्ट्रको सुरक्षा, सार्वभौमिकता र जनताको भरोसा जोडिएको छ। त्यसैले सदैव कर्तव्यप्रति सजग, अनुशासित र जिम्मेवार रहनु आवश्यक छ।”

उहाँले फरक–फरक सामाजिक तथा भौगोलिक पृष्ठभूमिबाट आएका जवानहरूको नेतृत्व गर्दै एकीकृत, सक्षम र परिणाममुखी टोली निर्माणमा नवआयुक्त अधिकृतहरू सफल हुने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालका अनुसार समारोहमा नवआयुक्त अधिकृतहरूको उत्साह, समर्पण र नेतृत्व क्षमताको प्रशंसा गर्दै प्रधानमन्त्री शाहले सेनाको गौरवशाली परम्परालाई थप उचाइमा पुर्‍याउन आग्रह गर्नुभएको थियो।

समारोहमा सैनिक अधिकारी, प्रशिक्षक, अभिभावक तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार