मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बाँकेमा भोलि मदिरा बिक्रीमा प्रतिबन्ध

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
७ कार्तिक २०८०, मङ्गलबार

बाँके । भोलि बुधबार बाँकेमा दिनभर मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक लगाइएको छ । बुधबार (भोलि) स्थानीय घाट, तलाउमा देवीको मूर्ति बिसर्जन गरिने हुँदा धार्मिक सद्भाव नखल्बलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले उक्त दिन मदिरा किनबेच र उपभोगमा रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भनेको छ, ‘यही मिति २०८० कार्तिक ८ गते बुधवारका दिन यस जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड-नदी घाटहरूमा विसर्जन -याली सञ्चालन गरिने परम्परा रहेको सबैमा विदितै छ । दिनभर भक्तजनहरूले श्रद्धापूर्वक दुर्गा मूर्ति विसर्जन ¥याली सञ्चालन गर्ने भएकोले मूर्ति विसर्जन -यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित रूपमा सम्पन्न हुने वातावरण निर्माणमा सहयोग पु¥याउन उक्त एक दिन यस जिल्लाभरि बिहान ८.०० देखि राति १२.०० सम्म मदिराजन्य पद्धार्थको ओसारपोसार, बिक्रीवितरण तथा उपभोगलाई निषेध गरिएको छ ।’

जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाइ ध्यानमा राखी सूचना जारी गरिएको जिप्रकाको भनाइ छ ।

सूचनाको बर्खिलाप कुनै कार्य वा गतिविधि भएको पाइएमा प्रचलित कानून वमोजिम कारबाही हुने जिप्रकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार