मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

माओवादी केन्द्रमा तीन महिने अभियानको तयारी तीब्र
लुम्बिनीका बाह्र वटै जिल्लामा तोकिए अभियान संयोजक

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
३२ श्रावण २०८०, बिहीबार

देउखुरी । नेकपा माओवादी केन्द्रले भदौ १६ देखि सुरु गर्न थालेको तीन महिने अभियानको तयारी तीब्र बनाएको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गर्दै छ । 

यसैक्रममा माओवादी केन्द्र लुम्बिनीले अभियानको तयारी थालेको छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)मा बसेको चौथो पूर्ण बैठकले अभियान सफल पार्न तयारी थाल्ने निर्णय गरेको केन्द्रीय सदस्य जगप्रसाद शर्मा ‘अपार’ले जानकारी दिनुुभयो । 

बैठकले प्रदेशका १२ वटै जिल्लामा अभियान संयोजक तोकेको छ । जसअनुसार रुकुमपूर्वमा कमला रोका, रोल्पामा पूर्ण घर्ती, प्युठानमा निर्मल आचार्य, गुल्मीमा जोखबहादुर महरा, अर्घखाँचीमा बामदेव क्षेत्री, पाल्पामा कृष्णध्वज खडका, नवलपरासि पश्चिममा हकिकुल्ला खाँ, रुपन्देहीमा गणेशमान पुन, कपिलवस्तुमा महेश्वर गहतराज, दाङमा जयपुरी घर्ती, बाँकेमा कुलप्रसाद केसी र बर्दियामा पूर्णाकुमारी सुवेदी अभियान संयोजक तोकिनुुभएको छ । 

बैठकमा सबै जिल्ला संयोजकले रिपोर्टिङ गरेका थिए भने हालै भएको पार्टी केन्द्रीय समिति बैठकका निर्णयबारे उपाध्यक्ष कृष्णबहादुर महरा, प्रदेश इञ्चार्ज हितमान शाक्य, स्थायी समिति सदस्य रेखा शर्मालगायतले जानकारी गराउनुभएको थियो । 

पार्टी सत्ता, राज्य सत्ता र सामाजिक सत्तालाइ एक अर्कामा जोडदै सुशासन, सामाजिक न्याय र समृद्धिको महाअभियान सफल पार्न जनतासँग एकाकार अभियानको मूल उद्देश्य रहेको केन्द्रीय सदस्य शर्माले जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो– ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाइ सुदृढ गर्ने, बामपंथी एवं समाजवादी धारको जगमा राष्ट्रिय शक्तिको विकास गर्दै समाजवादको आधार तयार पार्ने अभियभानको उद्देश्य हो’– उहाँले भन्नुुभयो– ‘अभियानलाई यस प्रदेशमा प्रभावकारी वनाउन १२ लक्ष्य र १२ उद्देश्यसहित संचालन कार्यविधि निश्चित गरिएको छ ।’ 

प्रदेशका एक सय नौ पालिकाहरुमा पार्टी संगठन सुदृढ गर्ने, नौ सय ८३ वडाहरुमा पार्टी संगठन सुदृढ एबं विस्तार गर्ने, हजारौ पार्टी सदस्यहरुलाई परिचालन गर्ने र लाखौ जनतामा पुग्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुुभयो । अभियानलाइ तीन चरणमा सम्पन्न निर्णय बैठकले गरेको छ । भदौ १ देखि १५ सम्म आन्तरिक तयारी, १६ गते उद्घाटन र २५ गतेसम्म वामअप तथा भदौ २६ देखि मंसिर १५ सम्म निरन्तरताको चरण भनिएको छ । 

बैठकले जगप्रसाद शर्माको नेतृत्वमा चक्रव्यह थापा, नारायण अधिकारी, लक्ष्मी चौधरि रहेको अभियान अनुगमन तथा प्रशिक्षण टीम निर्माण गरेको छ । 

केन्द्रीय सदस्य जिल्लाबाहिर, प्रदेश सदस्य पालिका बाहिर

माओवादी केन्द्रले अभियान पार्न केन्द्रीय सदस्यलाई जिल्ला बाहिर पठाउने नीति लिएको छ । अभियभान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तर जिल्ला र प्रदेश सदस्यहरुलाई अन्तरपालिका हटाउने गरी कार्यक्षेत्र विभाजन गर्ने केन्द्रीय समितिको बैठकबाट नै निर्णय भएको नेताहरुले बताएका छन् । अभियान टीमले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम गर्नुपर्नेछ । 

अभियभानका क्रममा आठौं महाधिवेशनबाट पारित २१ औं शताब्दमिा समाजवादको नेपाली बाटो सम्बन्धी रणनीति र कार्यनीति पनि पार्टीपंक्ति र जनसमुदायस्तरसम्म पुर्याउने नीति बनाइएको सो पार्टीले जनाएको छ । नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने लक्ष्य लिएको अभियानका क्रममा कम्तीमा २५ लाख मतदातासम्म पुुग्ने तयारी गरिएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार