मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

रुद्राक्षले बेरिएको घडि महन्तलाई उपहार दिएर सदभावको सन्देश दिदै पूर्व मन्त्री राई

महमूद आलम खान 1133+ समाचार ( )
शमसेर मियाँ सदभाव र सौहार्दताको साक्षी बन्नुभयो
१४ कार्तिक २०७८, आइतबार

नेपालगञ्ज । पश्चिम नेपालकै प्रमुख सहर नेपालगञ्ज अहिले देशमै धार्मिक र सामाजिक सदभावको रुपमा चिनिएको छ । हिन्दु मुस्लिम दुबै धर्मका धर्मगुरु, अगुवा र राजनितिज्ञहरुले ठुलो मिहिनेत गरेर सदभावको सहर बनाएका छन् ।

सो कार्यमा बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी, दुबै धर्म समुदायका अगुवाहरु मोहम्मद ईश्तियाक राई, दिपक लोध राजपुत, मोहम्मद सफिक बेहना, अब्दुल हमीद सिद्दिकी, मेराज अहमद हिमालय, फिरोज हलवाई लगायतको अहम भूमिका रहने गरेको छ ।

धार्मिक सदभाव र एकताको पछिल्लो नमुना आज फेरी नेपालगंजमा देखिएको छ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगीलाई रुद्राक्षले बेरिएको घडि उपहार दिएर सदभावको सन्देश दिनु भयो ।

उपहार दिंदै पुर्वमन्त्री राईले नेपालगञ्जमा सदभाव कायम गर्न योगीले खेलेको भूमिकाको खुला मनले प्रशंसा गर्दै आभार व्यक्त गर्नुभयो । मुल महन्त योगीले पनि सो उपहारलाई सहर्ष स्विकार गर्दै सो कार्यमा राई लगायत अन्य धार्मिक र सामाजिक अगुवाहरुको पनि अहम भूमिका रहेको स्मरण गर्नुभयो । उहाँले राईलाई अंगालो मारेर आशिर्वाद पनि दिनुभयो ।

एक कार्यक्रम विशेषका लागि नेपालगञ्ज आउनु भएका केन्द्रिय हज समितिका अध्यक्ष शमसेर मियाँ सदभाव र सौहार्दताको साक्षी बन्नुभयो । उहाँले यस्तो सदभाव र एकता प्रत्यक्ष देखेपछि हृदयदेखिनै महन्त योगी र पुर्वमन्त्री राईलाई बधाई र शुभकामना दिंदै यसलाई लामो समयसम्म जोगाई राख्न आग्रह गर्नुभयो ।

सहरमा कायम रहेको सोही सदभाव र एकताले गर्दानै अहिले विभिन्न चाडपर्वमा सबैको समान सहभागिता रहने गरेको पुर्वमन्त्री राईको ठहर छ ।

हाल कायम रहेको यो सदभाव र एकता सधैं कायम रहोस भन्ने चाहना र ईच्छा सम्पुर्ण जिल्लावासीको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार