मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

विश्‍वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जित्यो

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
३ मंगशिर २०८०, आइतबार

काठमाडौँ । अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्‍वकप क्रिकेट जितेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौंपटक विश्‍वकप उपाधी हासिल गर्न सफल भएको हो । अस्ट्रेलियाले ४३ ओभरमा भारतले दिएको २४१ रनको लक्ष्य हासिल गर्न सफल भएको हो ।

पहिलो तीन विकेट ४७ रनमा गुमाएपनि ट्राभिस हेड र मार्नुस लबुस्चग्नेले अस्ट्रेलियाको पारीलाई सम्हाल्दै लगेका थिए । ट्राभिसले विश्‍वकपको फाइनल खेलमा सतकीय पारी खेले । उनले १२० बलमा १३७ रन बनाए । यस्तै, मार्नुसले पनि आफ्नो अर्धसतक पुरा गर्न सफल भएका थिए । उनले ११० बलमा ५८ रन बनाएर अविजित रहे ।

अस्ट्रेलियाले पहिलो विकेटका रुपमा डेभिड वार्नरलाई मात्र ७ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । मोहम्मद सामीको बलमा विराट कोहलीले उनलाई स्लिपमा क्याच आउट गरेका थिए । यस्तै मिचेल मार्सले पनि अस्ट्रेलियाको योगफलमा केवल १५ रन मात्रै जोड्न सके । उनी जसप्रित बुमराहको बलमा आउट भए । बुमराहले नै स्टिभन स्मिथलाई पनि केवल ४ रनमा पेभेलियनको बाटो देखाएका थिए ।

विश्वकप फाइनलमा अस्ट्रेलियाले टस जितेपछि भारतलाई पहिलो ब्याटिङ गर्न बोलाएको थियो । भारतका स्टार ब्याट्स्म्यानहरूले सोचे अनुरुपको खेल विश्वकपको फाइनलमा प्रदर्शन गर्न नसकेपछि अस्ट्रेलियाले मात्र २४१ रनको लक्ष्य प्राप्त गरेको थियो । भारतीय ब्याटिङ क्रम अस्ट्रेलियाको बलिङ अगाडि निरिह बनेसँगै अस्ट्रेलियाली टोलीले भारतमाथि खेलको सुरु देखि नै दबाब कायम गर्न सफल भएको थियो । भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर केवल २४० रन बनाउन सक्यो ।

रोहित शर्माको अपराजित टोली भारतले आइतबार एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भने अस्ट्रेलियाको अगाडि कमजोर योगफल खडा गरेको हो । १० वर्षे उपाधि खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा उत्रिएको भारतीय टोलीले करिब १ लाख ३० हजार दर्शकका अगाडि फितलो प्रदर्शन गरेको हो।

भारतका ओपनर शुभमन गिल मात्र ४ रन बनाएर मिचेल स्टार्कको बलमा आउट भएका थिए । ३० रनमा पहिलो विकेट गुमाएको भारतले दोस्रो विकेट ७६ रनमा गुमाएको थियो । भारतीय कप्तान रोहित शर्मा अर्ध सतक बनाउन केवल ३ रनले चुके । उनले ३१ बलमा ४७ रन बनाउँदा म्याक्सवेलको बलमा ट्राभिसद्वारा मिड अफमा उत्कृष्ट क्याच गरेपछि पेभेलियन फर्किएका थिए ।

त्यसपछि ब्याटिङमा आएरुका श्रेयस अैय्यर पनि मात्र ४ रन बनाएर आउट भएपछि भारतमाथि दबाब बढ्न थालेको थियो । विराट कोहली र केएल राहुलले सम्हालिएको पारी खेलिरहेको अवस्थामा कोहली ५४ रनको व्यक्तिगत स्कोरमा क्युम्मिन्सको बलमा बोल्ड भएपछि भारतको ठूलो योगफल खडा गर्ने सम्भावना क्षिण हुँदै गएको थियो । यद्यपी केएल राहुल फाइनल खेलमा चुनौती पूर्ण लक्ष्य दिनका लागि प्रयास गरेपनि उनी ६६ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । अन्य ब्याट्स्म्यानहरु पनि सस्तोमै पेभेलियन फर्किएका थिए ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ तथा जोस हेजलवुड र प्याट क्युम्मिन्सले २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार