मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

एमसीसी पारित गर्ने विषयमा सहमति खोज्न नेपाली काग्रेस र नेकपा एमाले छलफलमा

महमूद आलम खान 1132+ समाचार ( )
सत्तारुढ माओवादी र एकीकृत समाजवादीले एमसीसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवा एमालेको साथमा एमसीसी पारित गर्ने तयारीमा लागेका हुन् ।
१२ फाल्गुन २०७८, बिहीबार

काठमाडौं । अनुमोदानका लागि संसदमा पेस भएको एमसीसी पारित गर्ने विषयमा सहमति खोज्न नेपाली काग्रेस र नेकपा एमाले छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको दिनभरको प्रयासपछि साँझ एमाले र कांग्रेस निर्णायक छलफलका लागि बालुवाटारमा भेला भएका हुन् । अहिले सत्ता नेतृत्व दल र प्रमुख प्रतिपक्षी दलबीच छलफल जारी छ ।

प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ नेकपा माओवादी केन्द्रसँग छलफल गरेका थिए । माओवादीसँगको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सहयोग नगर्ने भए गठबन्धनले निरन्तरता पाउन नसक्ने बताएका थिए ।

प्रधानमन्त्रीसँगको छलफल लगत्तै माओवादी र नेकपा एमालेबीच छलफल भएको थियो । उक्त छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एमसीसी पारित गर्ने वातावरण बनाउ’ भन्दै माओवादीसँग प्रस्ताव राखेका थिए । जवाफमा माओवादीले ‘संसदको जारी अवरोध हटाएर अघि बढौं’ भनेका थिए ।

एमसीसी पारित गर्ने सन्दर्भमा माओवादीको साथ खोजेका प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीले प्रचण्डसँग छलफल गरेपछि साँझ निर्णायक छलफलको वातावरण बनाएका हुन् ।

माओवादीको धारणाबारे समीक्षा गरेर अघि बढ्ने एमाले र कांग्रेसको तयारीअनुरुप बालुवाटारमा बैठक तय भएको हो ।

सत्तारुढ माओवादी र एकीकृत समाजवादीले एमसीसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवा एमालेको साथमा एमसीसी पारित गर्ने तयारीमा लागेका हुन् ।

पछिल्लो केही धारणाहरुका अनुसार एमससीसी पारित गर्दै वर्तमान सत्ता गठबन्धन भत्काएर कांग्रेस–एमालको नयाँ गठबन्धन बनाउन देउवा र ओली जुटेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार