मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मादक पदार्थ सेवन गरेर शिक्षा अधिकृत थारु माथि आक्रमण ः गाँउपालिकाको कामकाज ठप्प

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिकाका शिक्षा अधिकृत कृष्ण थारु र प्राविधिक कमल केसी माथि अभद्र व्यवहार गरी शिक्षा अधिकृत थारुलाई विनय प्रकाश दिक्षित नेतृत्वको समूहले शिक्षक भर्नामा घुस लिएको आरोप लगाउदै कोठामा एक्लै राखी पानीको बोतल समेत बहिरा निकाली ताल्चा लगाएका थिए । 

गाँउपालिकाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, विजय प्रकाश दिक्षितको नेतृत्वमा गुरुमुरत यादव,आरिफ खान, प्रमोद कुमार शर्मा, मो.जाबेद खान, अब्बु हसन खान, र शिक्षकहरु राधेश्याम यादव, सन्तोष कुमार बहुन, गोरख बहादुर राना, रिता चौधरी, चन्द्रेश्वर त्रिपाठी, धर्म प्रकाश जैसवाल लगायत २०÷२५ जनाको समूहले मदक पदार्थ सेवन गरी कार्यालयमा प्रबेश गरी आक्रमणको प्रयास गरेको जनाएको छ । 

आईतबार अत्यधिक गर्मीले जनजीवन प्रभावित भइरहेका बेला शिक्षा अधिकृत थारुलाई कोठामा थुनेर बहिराबाट बिद्युतको लाईन समेत दिक्षितले काटिदिएका थिए । शिक्षा अधिकृत थारुले आफनो ज्यान बचाई दिन फोन मार्फत गुहार मागे पछि शिक्षकहरुको सहयोगमा ताल्चा तोडेर थारुलाई बहिरा निकालिएको थियो ।

सुरक्षाको माग गदै कर्मचारीले आज सोमबार देखि गाँउपालिकाको कामकाज ठप्प पारेका छन । गाँउपालिका भित्र रहेका सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकले समेत दोषिमाथि कारबाहीको माग गर्दै अनिश्चित कालका लागि विद्यालय बन्द गरेका छन । शिक्षक नियुक्तिमा कमिशन लिएको आरोप लगाउदै बिनय दिक्षित नेतृत्वको समूहले शिक्षा अधिकृत थारुको कार्यकक्षमा पुगेर आईतबार अभद्र व्यहार गर्दै शारीरिक तथा मानसिक यातना दिएका थिए । 

आफुुमाथि लगाएको आरोप निराधार, कपोकल्पीत र झुटा भएको शिक्षा अधिकृत थारुले प्रतिक्रिया दिनुभएको छ ।

कर्मचारीमाथि कानुनि राज्यको धज्जी उढाउदै गरीएको अमानवी व्यावहार प्रति नरैनापुर गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत जनक लाल थारुले समेत दुःख ब्यक्त गर्नु भएको छ । संयुक्त रुपमा एक प्रेस विज्ञाप्ती प्रकासित गर्दै कर्मचारीहरुले कानुनि राज्यमा गैरकानुनि कामलाई प्रोत्सान दिन नहुने बताउदै अराजक समुहले पटक पटक गाँउपालिकामा आतंक समेत मच्चाउनो गरेको, जनप्रतिनिधिमाथि बिभिन्न आरोप लगाउने र कर्मचारी माथि आक्रमण गर्ने गरेको प्रति चिन्ता ब्यक्त गदै उनीहरुले लगाएको आरोप पुुष्टी गर्न वा सप्रमाण लिएर आउन चुनौति समेत दिनुभएको छ ।

कर्मचारीमाथि कुनै पनि बहानामा आक्रमण गर्नु राम्रो नभएको बताउदै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले कर्मचारीहरु माथि भएको आक्रमणको निन्दा गर्दै कानूनी कारवाही गर्न गृह प्रशासन संग अपिल गर्नु भयो । उहाँले गाँउपालिकाको दैनिक कामकाज र पालिका भित्र रहेका सबै विद्यालयहरु सुचारु गर्नका लागि पहल गरी रहेको बताउनु भएको छ ।

कर्मचारी संगठनद्वारा घटनाको भत्सर्ना

नेपाल निजामती कर्मचारी संगठन नरैनापुरले शिक्षा अधिकृत कृष्ण थारु माथि कार्यकक्षमै भएको आक्रमणको भत्सर्ना गरेका छन् । सोमबार एक बिज्ञप्ती निकाल्दै संगठनका कार्यवाहक अध्यक्ष प्रकाश अधिकारी र सचिव कलम केसीले कार्यालय भित्रै कर्मचारी असुरक्षित हुनु दुखद भएको भन्दै आक्रमणकारी व्यक्ति र समुहलाई हदै सम्मको कारवाही गर्न र सहज रुपमा काम गर्ने वातावरण मिलाउन सरकारसंग माग गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार