मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगञ्ज मुस्लिम समाजको प्रथम साधारण सभा सम्पन्न

महमूद आलम खान 1133+ समाचार ( )
कार्तिक ६ गते एक कार्यक्रमका बीच सपथ गराईने
२९ अशोज २०७८, शुक्रबार

बाँके । नेपालगञ्ज मुस्लिम समाजको प्रथम साधारण सभा नेपालगञ्जमा सम्पन्न भएको छ । उधोग बाणिज्य संघ नेपालगञ्जका अध्यक्ष अब्दुल वाहिद मन्जुरीले रिबन काटेर समाजको कार्यालय उद्घाटन गरे पछि साधारण सभा सुरु भएको थियो ।

साधारण सभामा समाजका अध्यक्ष हाजी अब्दुल हकिमले प्रस्तुत गर्नु भएको संस्थाको भावी योजना तथा कार्यक्रम सम्बन्धि प्रतिवेदनलाई सर्बसहमति रुपमा अनुमोदन गरेको छ ।

त्यस्तै, संस्थाका महासचिव ज्याउलहक हल्वाइले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिबेदन, कोषाध्यक्ष सलिम बाबु नेताले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन समेत पारित भएको छ ।

प्रथम साधारण सभाले समाजको तदर्थ समितिलाई पुर्णता दिएको छ । संस्थाको अध्यक्षमा हाजी अब्दुल हकिम, बरिष्ठ उपाध्यक्षमा अब्दुल जलिल मन्सुरी, उपाध्यक्षहरुमा फिरोज हल्वाई, लुकमान अन्सारी, महासचिवमा मोहम्मद ज्याउलहक हल्वाइ, सचिवमा मेराज हिमाल, कोषाध्यक्षमा सलिम बाबु नेता सदस्यहरुमा क्रमश कश्मिरा खातुन, सारिक अलि सल्मानी, मोहम्मद वकिल अहमद हल्वाई सहित २१ सदस्य केन्द्रीय कार्यसमिति गठन गरिएको अध्यक्ष हकिमले जानकारी दिनु भयो ।

युथ टुडे न्युज संग कुरा गर्दै अध्यक्ष हकिमले भन्नुभयो, तदर्थ समितिलाई मुल समितिमा रुपान्तरण गरिसकेका छौ समितिका पदाधिकारीहरुलाई कार्तिक ६ गते एक कार्यक्रमका बीच सपथ गराउने र विपतका बेला समाज संग सहकार्य गरेको र विपतमा आफ्नो ज्यानलाई जोखिममा राखेर काम गरेका केहि स्वास्थ्यकर्मी र सामाजिक व्यक्तित्वहरुलाई सम्मान गर्ने तयारी गरिएको जानकारी दिनु भयो । पुर्व सहरी बिकास मन्त्रीको प्रमुख अतिथ्यतामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको अध्यक्ष हकिमले जानकारी दिनु भयो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार