मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

दिगो शान्ति र विकासको लागि माओवादीले जित्नुपर्छ - प्रचण्ड

महमूद आलम खान 1132+ समाचार ( )
प्रचण्डले अहिलेको सम्पूर्ण परिवर्तनको कारक जनयुद्ध नै भएको दोहो¥याउनुभएको हो।
१४ चैत्र २०७८, सोमबार

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिगो शान्ति र विकासको लागि माओवादीले जित्नुपर्ने बताउनुभएको छ। प्रचण्डले अहिलेको सम्पूर्ण परिवर्तनको कारक जनयुद्ध नै भएको दोहो¥याउनुभएको हो।

रोल्पामा बन्दुक बोकेका जनमुक्ति सेनाको शालिक अनावरण तथा जनयुद्ध स्मारक भ्यू टावरको उद्घाटन गर्दै जनयुद्धका सुप्रिम कमाण्डरसमेत रहेका गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, समतामूलक न्याय र समृद्धिको एजेन्डा माओवादी जनयुद्धकै भएको बताउनुभयो ।

रोल्पाले युद्व र शान्ति दुवैको नेतृत्व गरेको दृष्टान्त पेश गर्दै प्रचण्डले विकासको पनि नेतृत्व रोल्पाले गर्न सक्ने बताउनु भयो । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाइ सम्झँदै प्रचण्डले रोल्पाबाटै शान्तिको पनि विजारोपण भएको बताउनु भयो । 

प्रचण्डले रोल्पालाई जनयुद्धको किल्लामात्रै नभएर जनयुद्धको स्मारकको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्नु पर्ने बताउनुभयो । रोल्पाको लिबाङ नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मारक भ्यू टावरले जनयुद्धको भूमिका र औचित्य थप पुष्टि गरेकोे पनि उहाँको भनाई  थियो । 

प्रचण्डले प्रतिगामीहरू फेरि सलबलाउन लागेको भन्दै रोल्पालीले खबरदारी गर्नुपर्ने बताउनु भयो । उहाँले गठबन्धनको भर नगरेर आफ्नै बलमा निर्वाचन लड्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 

प्रचण्डलाई रोल्पामा सहिद परिवार तथा माओवादी नेतृ जयपुरी घर्तीले स्वागत गर्नुभएको थियो । सो अवसरमा रोल्पाका माओवादी नेता कार्यकर्ताहरूले माला लगाएर प्रचण्डलाई स्वागत गरेका थिए ।

यसैबीच माओवादी केन्द्रले आजै रोल्पा सदरमुकाम लिबाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘अहिले पनि प्रतिक्रियावादीहरु राम्रो कुरा उल्ट्याउनका लागि लागि रहेका छन्। त्यसविरुद्ध हामी हतियारबिना लडिरहेका छौं । लडाइँ उस्तै छ । हामीलाई घेरा हालेर सक्न खोजेका छन्, हामी घेरा तोडेर विजय हुन खोजिरहेका छौं।’

रोल्पा क्रान्तिका लागि मात्रै नभई शान्तिपूर्ण रुपान्तरणका लागि पनि अब्बल रहेको भन्दै प्रचण्डले शान्तिपूर्ण रुपान्तरण र विकासमा पनि योगदान गरिरहेको बताउनु भयो। रोल्पालीकै योगदानका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै प्रचण्डले भन्नुभयो, ‘रोल्पा लाल किल्ला थियो, छ र रहिराख्ने छ। तपाईंहरुको योगदान नभएको भए यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउने थिएन । सबैले राज्यमा राज्यमा प्रतिनिधित्व पाउने सम्भावना थिएन।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार