मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

राजश्व संकलनको प्रभावकारिता र ब्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२० वैशाख २०८२, शनिबार

बाँके । बाँकेकोे कोहलपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि राजश्व संकलनको प्रभावकारिता र ब्यवस्थापन बिषयक २ दिने तालिम सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा शुक्रबार सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो । 

नगर उपप्रमुख संगिता सुवेदीको अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटाले राजश्व परामर्श समितिको काम, कर्तव्य, अधिकार तथा कोहलपुर नगरपालिकाको राजश्व असुली क्षमताको पहिचान, राजश्वका क्षेत्रहरु, जीवन रुपान्तरणका सूत्रहरु, स्थानीय सरकार संचालन सम्बन्धी कानूनहरुको जानकारी, सुशासन, सूचनाको हक, पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीकामा हुनुपर्ने असल गुर्ण, नगरसभा र बैठक सञ्चालन प्रक्रिया, सकारात्मक सोच, उत्प्रेरणा, स्थानीय सरकारले गर्नुपर्ने काम, असल अभ्यासहरु, योजना तर्जुमा सिप, ब्यवस्थापकीय आयाम, स्थानीय सरकारका आर्थिक स्रोतका क्षेत्र लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । 

२ दिन सम्म चलेको तालिमको समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीले तालिमबाट स्थानीय सरकार सञ्चालनका बिविध आयामहरुको वारेमा जानकारी मिलेको बताइन । तालमिबाट सबैलाइ उत्प्रेरणा र उर्जा मिलेको बताउदै तालिममा प्रस्तुत भएका विषयवस्तुलाइ आत्मसाथ गरी काम गर्न सकेको खण्डमा जनताको मनजितिने उपप्रमुख सुवेदीको भनाइ थियो । जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सिता कार्कीले तालिमबाट जनप्रतिनिधि र कर्मचारी रोलमोडल भएर काम गर्नुपर्ने सिपको सिकाइ भएको बताइन् । जनप्रतिनिधि र कर्मचारीहरु बिच नङ्ग र मासुको सम्बन्ध स्थापति गरी नगरको विकास गर्नुपर्ने सन्देश तालिमबाट प्राप्त भएको कार्कीको भनाइ थियो । 

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले स्थानीय सरकार सञ्चालन र राजश्व बृद्धीको विविध आयामहरुको वारेमा तालिमबाट ज्ञान मिलेको बताए । वडा नं. १० का वडा अध्यक्ष गौरा कुमारी अधिकारीले यस्तो प्रकारको तालिम पहिलो पटक पाएको बताउदै तालिमले जीवनोपयोगी सिप र कार्य सम्पादनका विविध विषयको वारेमा जानकारी मिलेको र उर्जा थपिएको बताए । तालिमबाट जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास भएको बताउदै स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने बिविध विषयमा सिकाइ भएको तालिमका सहभागिहरुको भनाइ थियो । तालिममा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ६० जनाको सहभागिता रहेको थियो । 

तालिमको सञ्चालन बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले गरेका थिए भनेबास नेपालका केन्द्रीय अध्यक्ष शिव कुरमा वर्माले तालिमका सहभागिहरुलाइ स्वागत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार