मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |
मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |


दुम्सि पाखाका दराईहरु

महमूद आलम खान 1132+ समाचार ( )
महिलाहरुको हूलमा नै केही पुरुषहरुले भने सेतो कछाड, माथि भोटो, कम्मरमा खुर्पेटो, खुकरी र सिरमा भादगाउँच्ले टोपी लगाएका देखिन्थे ।
२९ मंगशिर २०७८, बुधवार

पाम सुनुवार

पहेँलो तथा निलो पातुकी, सुनको हार र चाँदीका गहना शिरमा शिरफूल, नाकमा ढुङ्ग्री लगाएका एक हुल महिलाहरु बाटैमा भेटिए । उनीहरु मध्ये धेरैले रातो र केहीले कालो व्लाउज लगाएका थिए । 

महिलाहरुको हूलमा नै केही पुरुषहरुले भने सेतो कछाड, माथि भोटो, कम्मरमा खुर्पेटो, खुकरी र सिरमा भादगाउँच्ले टोपी लगाएका देखिन्थे । 

यो दृश्य तनहुँस्थित दुम्सी पाखाको हो । उनीहरु अरु कोही नभएर आदिवासी जनजातिमा सूचिकृत दराईहरु हुन् । 

पछिल्ले ुसमयमा दराई समुदायको आफनो जातीय पोशाक र पहिचान लोप हुन लागे पछि गाउँमा कोही नौलो मान्छे पुगे भने यसरी आफनो भेषभूषामा सजिएर स्वागत गर्ने परम्परा बसालेका छन् दुम्कीपाखाका दराईंहरुले । 

‘आदिवासी जनजाति दराईहरुको संस्कार संस्कृति तथा पहिचान फरक भए पनि अति हिन्दूकरण र विश्वव्यापिकरणले यी सबै मासिन लागेकाले पहिचान पुनस्थापित गर्न यस्तो अभियान सुरु गरेका हौ,’ दराई समाज उत्थान संघका केन्दीय सहसचिब यम बहादुर दराइँले भन्नु भयो –दराईहरुको संख्या थोरै छ । हामी अल्पसंख्यक हौ । दराईहरु चितवन, गोरखा, धादिङ, पाल्पा, नवलपरासी र बदिर्यामा दराईहरुको बसोबास गर्दछन् । 

याम बहादुर दराईको भनाईमा सही थप्दै तनहुँ दम्कीपाखाकै स्थानीय शान्ति दराई आफनो नेप्टो नाक, प्रचलित भेषभुषा भाषा नै पहिचानको बिषय भएको बताउनु हुन्छ । उहाँले थप्नु भयो ‘सबै पहिचानजनित संस्कारहरु हराउँदै गएका कारण आफ्नो भेषभुषा संंस्कार संस्कृतिको संरक्षण गर्नुपर्छ भनेर अघि बढेका छौँ ।’ 

उता तनहुँकै दराई अगुवा बीर बहादुर दराईको बिचारमा दराईहरुमा सामाजिक तथा साँस्कृतिक अतिक्रमण मात्र होइन रोजगारी लगायतका समस्या पनि चार्को रुपमा छ । तनहु जिल्लाको दमौली वरीपरिका समथल भुभागमा बसोबास गर्ने र नदीको वरिपरि बस्ने दराई जातिहरुको परम्परागत पेसा पनि लोप भएको छ । उहाँले भन्नु भयो ‘माछा मार्ने दराइहरुको पुख्र्योली पेसा र सीप हो । दराईको बस्ती नदी किनारा र खोला छेउमा रहनुको कारण पनि यही हो । तर आज भोलि यसको अभ्यास नै हराएको छ ।’  

२०६८ को जनगणना अनुसार दराईको जनसंख्या १७ हजार ८ सया ७९ रहेको छ । आफनो मौलिक पहिचानमा आधारित भेषभुषा, भाषा तथा संस्कृति बोकेका आदिवासी दराई हरुको थतथलो तनहुँमा रहेको अभियन्ता याम बहादुर रहेको दावी छ । 

आदिवासी दराई हरुको आफनौ परम्परागत पैतृक भूभाग, भूमि भए पनि अहिले अतिक्रमणमा परेको छ । युगौ देखि प्राकृतिक स्रोत जल, जमिन र जंगलसंग निकट भएर बिशिष्ट प्रकारका ज्ञान र सीपको प्रयोग गर्ने अवसरबाट उनीहरु सधै बन्चितमा परेका छन् । उनीहरुले प्रयोग गरिरहेको बन राष्ट्रियकरण भएका छन् । उनीहरुले हुर्काएको बन कतै सामुदासयिक बनका नाममा अरुले नै राज गरेका छन् । 

याम बहादर दराईको भनाइमा बनका स्रोतको प्रयोग गर्न कै लागि पनि अरुसंग अनुमति लिनुपर्ने बाध्यता छ । जलजन्य स्रोतमा पनि स्थानीय तहले निषेध गरेको छ । निकुञ्ज क्षेत्रको नदीमा माछा मार्न नपाइने भएकाले दराई युवाहरु माछा मार्ने काम पनि गर्देनन् । यसकारण दराई समाजमा बेरोजगारीको ठूलो समस्या छ ।   

‘सबै बेरोजगार छन रोजगारी छैन । सिमान्तकृत र अति पिछडिएको जातिको रुपमा छौ ।’ दराई समाजका सहसचिव याम बहादुर दराई ले भन्नु भयो –दराई जातिको उत्थानको लागि आर्थिक रुपमा सांस्कृतिक, धार्मिक रुपमा कार्यक्रमको माँग गरेका छौ । 

त्यसो त दराईहरुको परम्परागत पेसा मासिदै गएको भए पनि केही सीपहरु संरक्षणमा रहेको दराई अगुवाहरुको भनाई छ । ‘केही सिपहरु अहिले पनि निरन्तरता दिइरहेका छौ । किनभने त्यसको समयअनुसारको माग बढदै गएको छ ।’ स्थानीय बीर बहादुर दराईले थप्नु भयो ‘दराई गुन्द्री नौलो खालको छ । अरुलाई उपाहार दिँदा पनि काम लाग्ने र मर्दापर्दा पनि संस्कृतिसंग पनि संबन्धित भएको कारण केही कुराहरु जोगिरहेको पनि छ । छोडिसकेको चाडपर्वहरु पनि हामीले जोगाउनुपर्छ भनेर २०४७ सालपछि यस्तो अभियान चलाएकोले केही कुराहरु जोगिएको छ ।’ 

दराई हरु प्रकृति पुजक हुन् । सामन्यत आदिवासीहरुको आध्यात्मिक विश्वास नै आदिवासीहरुको धार्मिक मान्यता हो । आदिवासी दराई समाजमा पनि यस्तै मान्यता छ । 

स्थानीय आसा दराईको भनाइमा दराईहरु प्रकृति पुजक हुन् । तर दराई संस्कार बौद्ध धर्मसंगै मिल्दोजुल्दो छ । उहाँले भन्नुभयो ‘विवाहमा पण्डित वा पुरेत लगाउने चलन छैन । बालबालिकाको न्वारनमा पनि ज्वाईबाट चोखिने प्रचलन छ । कसै मृत्यु भएको खण्डमा ज्वाँईबाट नै चोखिने काम हुन्छ ।’ 

यसैमा शान्ति दराइको भनाइ थियो ‘दराई को पण्डीत, पुरेत, लामा वा कुनै पनि गूरु हुँदैनन् । सबै काम ज्वाइ चेला वा कुटुम्बबाट सम्पन्न हुन्छ ।’ 

विवाह पनि दराईकै बीचमा हुन्छ । दराई भित्रको पनि थर फरक बिच विहेबारी चल्छ फुपुमामा चेला बीच विबाह हुँदैन । फरक थर भएका दराईसंग मात्र विवाह गर्नुृपर्छ । विवाह गर्दा मामानै चाहिन्छ । दराई गीतलाई सहरै भनिन्छ । यो गीत चाही हाम्रो लागि महत्वपूर्ण छ । सहरै गीतमा नै मृत्यु तथा उत्सवका गीतहरु छन् । 

(साभारः इन्डिजिनियस फिचर सेवा

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार