मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भव्य स्वागत

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
बाँकेको जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएका सिंहराज डाँगीलाई आज एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरिएको छ।
१० भाद्र २०७९, शुक्रबार

बाँके । बाँकेको जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएका सिंहराज डाँगीलाई आज एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरिएको छ।

राप्ती सोनारी गाउँपालिकाबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाइएका डाँगीलाई शुक्रबार गाउँपालिका अध्यक्ष छब्बन खाँं र उपाध्यक्ष रामप्यारी यादव लेखा अधिकृत मतिन अन्सारीले खादा, टोपी, अबिर र फूल लगाएर स्वागत तथा सम्मान गरिएको छ ।

भाद्र ६ गते नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा गाउँपालिकामा हाजिर हुनुभएका डाँगी र जनप्रतिनिधि तथा कर्मचारीहरुबिच सम्बन्धलाई सुमधुर बनाउनका लागि गाउँपालिकाले परिचयात्मक कार्यक्रमका साथै स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

जानकी गाउँपालिकाका कर्मचारीहरुको उपस्थितिमा गाउँपालिका अध्यक्ष छब्बन खाँले स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत डाँगीको काम गर्ने शैलीको प्रशंसा गर्दै भन्नुभयो उहाँ जस्तोसुकै जटिल अवस्था आएपनि उहाँले काम फत्तेह गरेको उदाहरण सुनाउनुभयो । अधिकृत डाँगीले कर्मचारी र सेवाग्राहीसँग सहज बातावरण बनाउने विश्वास गर्नु भयो ।

यसैगरी गाउँ कार्यपालिकाको वडा नं ५ का वडा अध्यक्ष एवं प्रवक्ता टिकानाथ यादवले नयाँ प्रमुख प्रसाशकीय अधिकृत डाँगीले कर्मचारीहरुको सल्लाह, सुझाव लिने र जनमैत्री काम गर्ने प्रति बिश्वास व्यक्त गर्नु भएको थियो ।

प्रमुख प्रसाशकीय अधिकृतले जनप्रतिनीधी र कर्मचारीबीच सहज बातावरण मिलाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत डाँगीले सरकारको म्याण्डेट अनुसार गाउँपालिकाको समग्र विकासको काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सम्मान कार्यक्रममा लेखा अधिकृत मतीन अन्सारी, शिक्षा अधिकृत प्रतिभा ओली खड्का, स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना, प्रशासन शाखा प्रमुख गोपि चौलागाई, वडा नम्बर ६ को वडाअध्यक्ष जगदीश हरिजन, महिला विकास संयोजक शोभा पौडेल, शिक्षा संयोजक राम अचल धोबी, महिला विकास शाखा प्रमुख सविता श्रेष्ठ र कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण कम्प्युटर अपरेटर राजेन्द्र बाजपीय गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार