मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

नरैनापुरमा चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताउनु भएको थियो ।
२६ माघ २०७९, बिहीबार

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिका स्तरीय अन्तर विद्यालय चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

नरैनापुर ६ जमुनीको खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सन्चालन हुनेछन् ।

प्रतियोगिताको बिहिबार उदघाटन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताउनु भएको थियो ।

खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने अध्यक्ष शाहको भनाइ थियो ।

अध्यक्ष शाहले नरैनापुर गाउँपालिकाले आफ्नो जिम्मेवारीलाई जनताका पक्षमा दृढ रुपमा काम गरेको महसुस गरेको र जिल्लाका अन्य स्थानीय तहले नरैनापुर गाउँपालिकाबाट विभिन्न कुराहरु सिक्नुपर्नेमा जोड दिनुभयो ।

नरैनापुर ६ का अध्यक्ष प्रेम मौर्यले खेलकुदले विद्यार्थीको क्षमता उजागर गर्नुका साथै शारिरिक मानिसक तथा सामाजिक विकासमा महत्वपुर्ण योगदान पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

खेलका प्रशिक्षक जनक केसीलाई गाँउपालिकाका अध्यक्ष शाहले भलिबल हस्तान्त्रण गरेर खेलको शुभारम्भ गर्नु भएको थियो भने विद्यार्थीहरुले मार्चपास मार्फत अध्यक्ष शाहलाई सलामी अर्पण गरेका थिए ।

नरैनापुर गाँउपालिकाको शिक्षा शाखा प्रमुख कृष्ण चौधरीको अध्यक्षतामा सुरु भएको खेलको प्रमुख अतिथि नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह,उपाध्यक्ष जयन्ती श्रीवस्ताव,वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं ४ का अध्यक्ष मनोज शर्मा, वडा ६ का अध्यक्ष प्रेम मौर्य, योजना शाखा प्रमुख प्रकाश अधिकारी,जिन्सी शाखा प्रमुख भरत महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यकहरु, बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको स्वागत जमुनी माध्यमिक विद्यालयका प्रधानाध्यक राजु मुकेरीले गर्नु भएको थियो । जमुनी खेल मैदानमा आजबाट सुरु भएको प्रतियोगितामा नरैनापुरका १० वटा विद्यालयहरूको सहभागिता रहेको नरैनापुर गाँउपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार