मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन नदिन माओबादी केन्द्र बाँकेको अपिल

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१६ अशोज २०८०, मङ्गलबार

बाँके । नेकपा माओवादी केन्द्र बाँकेले नेपालगंजमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुन अपिल गरेको छ । 

मंगलबार माओबादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे र सचिव डिल्ली प्रसाद बरालद्धारा जारी विज्ञप्तीमा भनिएको छ, नेपालगंजमा १ लाख ४६ हजार भन्दा बढी जनसंख्या भएको विभिन्न जातजातीका मानिसहरुको बसोबास रहेको सुन्दर र शान्त साझा शहर हो । सामाजिक संजाल मार्फत केही अराजक व्यक्तिहरुद्धारा धार्मिक सहिष्णुता खलबलाउने गरी दिएको अभिव्यक्तिका कारण समाजमा पर्न गएको कठिनाईले जनजिवन कष्टकर हुन गएको प्रति दुख व्यक्त गर्दै धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन नदिन तर्फ केन्द्रीत हुन सबै पक्ष संग अपिल गरेको छ । 

नेपालगंजमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बलिने गतिविधिका सम्बन्धमा गृह प्रशासनलाई गम्भीर हुन जरुरी रहेको माओबादी केन्द्रले निष्कर्ष निकालेको छ ।

नेपालगंजमा आज भएको झडप र तोडफोडले अराजकताको संकेत देखापरेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने धार्मिक माओबादी केन्द्रको निष्कर्ष रहेको छ । साथै आज भएको झडपमा परी घाईते हुने सबैको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार