मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

नरैनापुरको सुख्खा ग्रस्त क्षेत्रमा पुगेर मन्त्री अथकले भने “तत्काल राहतको व्यवस्था गराउँछु”

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सुख्खा ग्रस्त क्षेत्र नरैनापुरको सोमबार अनुगमन गर्दै मन्त्री अथकले तत्काल राहतको व्यवस्था गराउने बताउनु भयो ।
१३ भाद्र २०७९, सोमबार

बाँके । यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सुख्खा ग्रस्त क्षेत्र नरैनापुरको सोमबार अनुगमन गर्दै मन्त्री अथकले तत्काल राहतको व्यवस्था गराउने बताउनु भयो ।

सिँचाईको अभावमा खडेरी परेको ठहर गर्दै गाउँपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई गत साउन २६ गते सुख्खा क्षेत्र घोषणा गरेको थियो । 

नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरका जनतालाई राहत प्याकेज दिन माग गरे पनि प्रदेश र संघीय सरकार मौन भएर बसेका बेला मन्त्री अथक सोमबार नरैनापुर पुगेर सुख्खा ग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्दै उहाँले कृषकहरुलाई उचित राहतका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

लामो समय सम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नस्ट हुनुका साथै ९० प्रतिशत रोपाई हुन नसके पछि त्यो क्षेत्रमा ठूलो मानवीय विपद तथा खाद्य संकट आउने विषयलाई ध्यानमा राखी संघीय सरकारबाट तत्काल राहतको प्याकेज उपलब्ध गराउने मन्त्री अथकले जिकिर गर्नु भयो । 

नरैनपुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले मलखाद नपाएर समस्यामा परेका किसानहरु अहिले पानी नपर्दा थप मर्कामा परेको बताउँदै सुख्खाग्रस्त क्षेत्र का कृषकहरुलाई राहत दिन माग गरे । घरमा भएको अन्न रोपिसकेको तर खडेरीले थप मर्कामा पर्दा किसानहरु आत्महत्या गर्ने स्थितिमा पुगेको जिकीर गर्दै उहाँले भन्नुभयो, ‘पानी नभएर आकाशको भरमा खेति गर्नुपर्ने अवस्थामा छन् । कति त अहिले आत्महत्या गर्ने स्थितिमा छन् । जे घरमा थियो, त्यो उनीहरुले रोपिसके तर पानी नपरेर रोपेको खेत पनि खडेरी भए पछि अलपत्रमा परेका छन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार