मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

मतगणना नसकिँदै रेनु दाहाल भरतपुरको मेयरमा निर्वाचित

महमूद आलम खान 1132+ समाचार ( )
भरतपुरमा १० हजार ५६२ गन्न बाँकी छ । तर, रेनुले ११ हजार ३७२ मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै उनी विजयी भएका हुन् ।
९ जेठ २०७९, सोमबार

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहाल मतगणना नसकिँदै विजयी भएका छन् ।

भरतपुरमा १० हजार ५६२ गन्न बाँकी छ । तर, रेनुले ११ हजार ३७२ मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै उनी विजयी भएका हुन् ।

भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा एक लाख १७ हजार गणना सकिसक्दा गठबन्धनका उम्मेदवार रेनुले ४७ हजार ३९९ मत पाएका छन् ।

उनका निकटत प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजयी सुवेदीले ३५ हजार ८३८ मत ल्याएका छन् । गन्न बाँकी सबै मत सुवेदीका पक्षमा आउँदा पनि रेनुको जति पुग्दैन । त्यसैले मतगणना नसकिँदै रेनु विजयी भएका हुन् ।

रेनु विजयी भइसके पनि निर्वाचन अयोगले आधिकारिक घोषणा भने गरेको छैन । सम्पूर्ण मतगणना सकिएपछि मात्रै अयोगले निर्वाचित भाएको घोषणा गर्नेछ ।

रेनु दोस्रो कार्यकालको लागि मेयर निर्वाचित भएका हुन् । अघिल्लो निर्वाचनमा पनि एमालेको उम्मेदवारलाई नै पराजित गर्दै मेयर निर्वाचित भएको थिए । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले हराएका थिए । यसपटक भने सार्वधिक मतसहित रेनु विजयी भएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार