मुख्य समाचार
पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग |

पुरैनी करबलामा ताजिया विसर्जन गरी बाँकेमा शान्तिपूर्ण तरिकाले मोहर्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3320+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

बाँके । मुस्लिम समुदायमा दुःख प्रकट गरी मनाइने मोहर्रमको अन्तिम दिन बुधबार नेपाललगंजको फुल्टेक्रा र पुरैनामा रहेको करवलामा ताजिया विसर्जन गरी सम्पन्न भएको छ ।

ईराकको करवलाको धार्मिक युद्धमा बिभिन्न षड्यन्त्र गरेर हत्या गरिएका इमाम हुसेन र इमाम हसनलगायतको सम्झनामा मुस्लिम समुदायमा मोहर्रम दश दिनसम्म मनाउने गरिन्छ ।

बिगतका सामान्य वर्षहरुमा विभिन्न कार्यक्रमका साथ मनाईने मोहर्रम ईस्लामिक पात्रो अनुसार पहिलो महिना हो । मोहर्रमको १ तारिकदेखि १० तारिकसम्म ठेला मिलान, ढोल मिलान, झण्डा मिलान, मेहन्दी मिलान, आगो र जञ्जीरको मातम जस्ता कार्यक्रमको आयोजना गरी मनाईने प्रचलन रहेको छ ।

ईराकको धार्मिक युद्धमा हत्या गरिएका धार्मिक शहिदहरुको सम्झनामा तयार गरिएका बिभिन्न प्रकारका ताजिया मंगलबार साँझ घरमा स्थापना गरी बुधबार साँझ ३ बजेपछि नजिकको कर्बलामा लगेर सेलाएपछि मोहर्रमको समापन भएको पुरैनी कर्बला समितिका अध्यक्ष हनिफा खाँले बताउनु भयो ।

ईस्लाम धर्मावलम्वीहरुले धार्मीक शहिदहरुको सम्झनामा बाँके सहित नेपालगञ्ज नगरका बिभिन्न भागमा ताजिया झकिझकाउका साथ सजाइएको थियो ।

समुदायले आफ्नो घरमा राखिएका ताजियाहरुलाई बाजागाजाका साथ बुधबार दिउँसो ‘या हुसेन’, ‘या हसन’, भन्दै ढोल र नगडाका तालमा नगरको परिक्रमा गराइ ¥यालीमा ईस्लाम धर्मालम्बीहरुले दुःख प्रकट गर्दै शरीर भरी बिलेड र धारिलो वस्तुले प्रहार गरेका थिए । नगरका बिभिन्न भागको परिक्रमा गरेर फूल्टेक्रा र पुरैनी स्थित करबलामा समापन गरिएको मोहरम समितिका सचिव मोहम्मद हारुन कादरीले बताउनु भयो ।

मुस्लिम अगुवा राजु मुकेरीले परापूर्व काल देखि नै मुस्लिमहरुले मनाउदै आएको मोहरम हिन्दु समूदायले पनि पछिल्लो समयमा मनाउन सुरु गरे पछि सामाजिक सदभाव झन मजबुन बनेको बताउनु भयो । उहाँले पुरैनीमा रहेको कर्बलालाई व्यवस्थित गर्न सुझाव दिनु भएको थियो । उक्त कर्बलामा २७ वठा गाँउ र नेपालगंज उपमहानगरपालिकाको १५ वटा वडाबाट ताजिया बिर्सजन गर्न आउने गरेका छन् ।  

मोहरम चलिरहेका बेला एक जना व्यक्ति हत्या भए पछि बाँके प्रशासनले कडा सुरक्षाका बिच ताजिया विर्सन गराएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनु भयो । उहाँले बाँके जिल्लाको नेपालगंज, डुडुवा, नरैनापुर, राप्ती सोनारी, कोहलपुर, खजुरा र जानकी गाँउपालिकामा कडा सुरक्षाका बिच शान्तिपूर्ण रुपमा ताजिया बिर्सन भएको जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार