मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

क्षेत्रीय सभापति केसीको घरमा कांग्रेसको श्रद्धाञ्जली सभा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

बाँके । नेपाली कांग्रेसका युवा नेता एवम् क्षेत्र नम्बर १ बाँकेका क्षेत्रीय सभापति पोषण केसीकी आमा शान्ता रेग्मी केसीको निधनको शोकमा आज श्रद्धाञ्जली सभा गरिएको छ । केसीको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ लौकीस्थित निवासमा नेपाली कांग्रेसले श्रद्धाञ्जली सभा गरेको हो । कांग्रेसको वडा, प्रदेश, क्षेत्र, जिल्ला कार्यसमितिसंगै अन्य नेता कार्यकर्ताहरुको उपस्थितिमा श्रद्धाञ्जलीसभा गरिएको हो ।

राप्तीसोनारी वडा नम्बर १ कार्यसमितिका सभापति मोहन डाँगीको सभापतित्व एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा गरिएको श्रद्धाञ्जली सभामा सभापति गौडेल, पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठ, प्रदेश १ ९ख० का सभापति बलराम शर्मा र राप्तीसोनारी सभापति भिमबहादुर राना क्षेत्रीले शोक मन्तब्य ब्यक्त गरेका थिए । बक्ताहरुले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए ।

श्रद्धाञ्जलीसभामा स्वर्गीय केसी र परिवारका बारेमा परिवारका तर्फबाट मनबिर केसी र स्थानीय भिमार्जुन देवकोटाले बोलेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव इन्द्र वलीले गरेका थिए ।

त्यसक्रममा पार्टीका तर्फबाट प्रबक्ता डिल्ली गिरीले शोक बक्तब्य वाचन गरेर सुनाएका थिए । ७७ वर्षीया स्वर्गीय केसीको बैशाख २६ गते मातातीर्थ औंसीको दिन उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा निधन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार