मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जेन–जी आन्दोलनले नयाँ राजनीतिक विकल्पको ढोका खोलेको छ” — डा. दीपक चौधरी

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१४ अशोज २०८२, मङ्गलबार

विराटनगर, असोज १३ । “जेन–जी आन्दोलन केवल आक्रोशको विस्फोट मात्र होइन, नयाँ राजनीतिक दिशाबोधको जग हो,” अनुसन्धानकर्ता तथा लेखक डा. दीपक चौधरीले सोमबार विराटनगरमा आयोजित अन्तर्क्रियामा भनाइ राख्दै बताउनुभयो।

दीगो विकास तथा शान्ति यात्रा संस्थाद्वारा महेन्द्र होटल सभागृहमा आयोजित ‘जेन–जी आन्दोलन र भविष्यको दिशाबोध’ विषयक कार्यक्रममा प्रमुख वक्ता डा. चौधरीले जेन–जी आन्दोलनको मूल कारण बेरोजगारी र कुशासन भएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णय मात्र देखाउने बहाना थियो, तर वास्तविक समस्या नेतृत्वको सत्तामोह, गुटबन्दी र आर्थिक असफलताबाट उत्पन्न भएको हो।

“सरकारको दमनले आन्दोलनलाई अझ उग्र बनायो, तर केही अराजक तत्त्वद्वारा सार्वजनिक सम्पत्ति तोडफोड हुनु निन्दनीय छ,” चौधरीले जोड दिनुभयो।

भविष्यको दिशाबोधका रुपमा उहाँले पारदर्शिता, जवाफदेहिता, प्रविधिमैत्री शिक्षा, रोजगारी सिर्जना, सार्वजनिक सेवामा सहज पहुँच र भ्रष्टाचार अन्त्यलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो। साथै, उहाँले प्रत्यक्ष कार्यकारी प्रणालीतर्फ जाने बहसलाई जेन–जी आन्दोलनको मूल मर्मको रुपमा व्याख्या गर्दै राजनीतिक दललाई ६ महिनाभित्र ठोस प्रतिवद्धता देखाउन आग्रह गर्नुभयो।

कार्यक्रममा वरिष्ठ चिकित्सक डा. एस.एन. झा, संस्कृतिविद् डा. बाबुराम तिम्सिना, महेन्द्र मोरंग क्याम्पसका पूर्वप्रमुख डा. सरोज चौधरी र युवा अभियन्ता विक्रम देवले पनि टिप्पणी गर्दै राजनीतिक सुधार र नेतृत्व चयनमा परिवर्तन अनिवार्य भएको धारणा राख्नुभयो।

अन्त्यमा डा. चौधरीले नागरिक समाजलाई पार्टीगत हितभन्दा माथि उठेर सक्रिय भूमिका खेल्न आह्वान गर्दै भने, “जेन–जी पुस्ताले निरन्तर खबरदारी गर्न छाडेमा परिवर्तन सम्भव हुँदैन।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार