मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

माओवादी केन्द्रले विधान संशोधनका लागि ५ सदस्यीय उपसमिति गठन

महमूद आलम खान 1132+ समाचार ( )
नेकपा (माओवादी केन्द्र)ले विधान संशोधनका लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नका लागि पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो।
१७ मंगशिर २०७८, शुक्रबार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले विधान संशोधनका लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नका लागि पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो।

विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेको र उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । प्रवक्ता महाराले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि जानकारी दिए । उनले राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरु पनि बनाइएको बताए । बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताए । पार्टीको लेखापरीक्षणको प्रतिवेदन सार्वजनिक गर्नका लागि स्थायी कमिटीले अनुमति दिएको पनि प्रवक्ता महराले जनानकारी दिए । राष्ट्रिय सम्मेलनबाट हरेक प्रदेशमा घाइते र अपांगता भएकाहरूको हकहित सुरक्षित गर्ने निर्णय पनि गरिएको छ। बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुने गरी कार्यविधि बनाएको भन्दै उनले केन्द्रीय प्रतिनिधिको संख्या थप्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रस्ताव तयार पार्ने जिम्मेवारीसमेत दिएको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार