मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

समाजिक ब्यवहार परिवर्तन सम्बन्ध तालिम सुर्खेतको चौकुनेमा सुरु

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
५ पौष २०८०, बिहीबार

सुर्खेत । समाजिक ब्यवहार परिवर्तन तथा सञ्चार र मानव केन्द्रति डिजाईन पद्धती सम्बन्धी तिन दिने तालिम सुर्खेतको चौकुनेमा शुरु भएको छ । 

युनिसेफ नेपालको सहयोग, चौकुने गाउँपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा गाउँपालिका अन्तरगत स्वास्थ्य कर्मीहरुका लागि उक्त तालिम शुरु भएको हो । 

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाले आफ्नो व्यवहार परिवर्तन गरेर मात्रै अरुको ब्यहार परितर्वन गर्न सकिने बताए । उनले तालिमबाट सिकेको कुरालाई आफुले अनुसरण गर्ने आफुले अनुसरण गरेको कुरालाई समुदायमा गएर बाड्न स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरे । उद्घघाटन सत्रमा बोल्दै चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन आचार्यले स्वास्थ्य सेवाको पहुँच लक्षित वर्ग सम्म पुर्याउन तालिम उपयोगी हुने बताए । 

तालिमको उद्घाटन सत्रमा तालिमको उद्धेश्य माथि प्रकाश पार्दै युनिसेफ नेपालका प्रकाश आचार्यले स्वास्थ्य अन्तरगत हुने कार्यमा सहकार्य गर्दै स्वास्थ्यको पहुँचबाट टाढा रहेका ब्यक्तिलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउन सहयोग गर्ने बताए । उनले स्वास्थ्य सुचकहरु सुधार गर्न पहल तथा पैरबी गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताए । 

पौष ७ गते सम्म संचालन हुने तालिमको पहिलो दिन सामाजिक व्यवहार परिवर्तनको अवधारणा, सिद्धान्त, सामाजिक व्यवहार परिवर्तनका लागि प्रभाव पार्ने तत्वहरु लगाएतका विषयमा युनिसेफ नेपालका प्रकाश आचार्यले सहजिकरण गरेका छन् । 

चौकुने गाउँपालिका स्वास्थ्य शाखा अन्तरगत खोपमा संलग्न २२ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको तालिमको सञ्चालन बास नेपालका अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार