मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

हडिया बाबा मेलाको तयारी पुरा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१४ मंगशिर २०८०, बिहीबार

बाँके । नेपालगन्जको फुलटेक्रास्थित हडिया बाबा मन्दिर परिसरमा लाग्ने मेला तथा रामलिलाको तयारी पुरा भएको छ । आयोजक हडिया बाबा मन्दिर ब्यवस्थापन समितिले बुधबार पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जानकारी दिएको हो ।

समितिका अध्यक्ष नन्दलाल बैश्यले तयारी पुरा भएको बताए । मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट गरेर ८ सय बढी साधु तथा सन्तहरु आउने जानकारी दिए । ‘गतवर्ष मात्रै साढे ७ सयजति साधु तथा सन्तहरु आएका थिए, हामी उनीहरुलाई फर्किदाँखेरी एक/एक वटा कम्बल र दक्षिणा दिन्छौं, सोही आधारको संख्या हो यो,’ उनले भने ‘यसवर्ष अझ बढी साढे ८ सय जति आउने अनुमान गरेका छौं ।’

हडिया बाबा मन्दिरको ऐतिहासिक महत्व रहेको अध्यक्ष बैश्यले सुनाए । मन्दिरमा आएर भाकल गर्ने ब्यक्तिको मनको चाहना पुरा हुने विश्वास रहेको अध्यक्ष बैश्यको भनाई छ । पत्रकार सम्मेलनमा मन्दिर ब्यवस्थापन समितिका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

मेला बिहीबार(मंसिर १४ गते)देखी सुरु भएर ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ । मेला अवधिभर साधु, सन्त तथा भक्तजनहरुलाई भण्डारा खुवाउने र रामलिला धार्मिक नाटक मञ्चन समेत गरिने भरत महतोले बताए । आयोजकका अनुसार मंसिर १४ गते 'श्रीराम जनम', १५ गते 'मिरा लिला', १६ गते 'हरिश चन्द्र नाटक', मंसिर १७ गते 'वर्षाने की लठ मार होली' र मंसिर १८ गते 'धनुष यज्ञ' गरिनेछ ।

हरेक वर्ष कात्तिकी स्नान मेलाको तेस्रो दिनमा हडिया बाबा मन्दिर परिसरमा मेला लाग्ने प्रचलन रहेको आयोजकले जनाएको छ । ‘यही दिन हडिया बाबाको बार्षिक पुण्यतिथी पर्दछ, सोही दिनदेखी यहाँ मेला लाग्छ,’ बैश्यले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार