मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |

काँग्रेसले कामका आधारमा नेता कार्यकर्तालाई जिम्मेवारी दिन्छ - सभापति पुन

महमूद आलम खान 1133+ समाचार ( )
नवनिर्वाचित सभापति पुनले आगामी योजनामा नेपाली काँग्रेसका सबै साथीहरुको रेकर्ड राखेर उनीहरुको कामका आधारमा सबैको मूल्यांकन गरिने बताउनुभयो ।
२३ पौष २०७८, शुक्रबार

बाँके । लुम्बिनी नेपाली काँगे्रसका सभापति अमरसिंह पुनले लुम्बिनी काँग्रेसले पार्टीका सबै कार्यकर्ताको कामको मुल्यांकन गर्ने बताउनुभयो ।

नवनिर्वाचित सभापति पुनले आगामी योजनामा नेपाली काँग्रेसका सबै साथीहरुको रेकर्ड राखेर उनीहरुको कामका आधारमा सबैको मूल्यांकन गरिने बताउनुभयो ।

शुक्रबार नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पुनले लुम्बिनी काँग्रेसको आगामी योजनाका विषयमा जानकारी गराउँदै उहाँले प्रदेशको चारवर्षे योजनाका विषयमा पनि छलफल भई रहेको बताउनुभयो ।

‘लुम्बिनी काँग्रेसका महामन्त्री बिक्रम खनालको संयोजकत्वमा प्रदेशको चार वर्षे योजना बनिरहेको छ । केहीदिनपछि ड्राफ्ट बनिसकेपछि जिल्ला–जिल्लासम्म त्यो ड्राफ्ट पठाएर पुनः करेक्सन गरि पास गर्ने योजनामा हामी छौं’ पुनले भन्नुभयो ।

हालै सम्पन्न काँग्रेसको १४ औं महाधिवेशनका बारेमा बोल्दै पुनले नेपाली काँग्रेसको अधिवेशन लोकतान्त्रिक भएका कारण अधिवेशन जसरी सम्पन्न भए पनि जितेर आउने साथीहरुले नेपाली काँग्रेसको हित सोँचेर सबैलाई समान व्यवहार देखाउनु पर्ने कुरामा जोड दिनुभयो ।

‘लोकतन्त्रभित्र लोकतान्त्रिक पद्दती मान्नुपर्छ । जसमा प्रतिस्पर्धा पनि हुन्छ । सर्वसम्मत पनि हुन्छ । अबको अधिवेशन सकिएपछि हामी एक ढिक्का भएर लुम्बिनी काँग्रेसलाई अगाडि र मजबुद बनाएर लग्नुपर्छ,’ पुनले जोड दिनुभयो ।

कार्यक्रममा प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनलाई निर्वाचित गराउन प्रेस युनियनको सक्दो भूमिका रहने बताउनुभयो ।

उहाँले कार्यक्रममा प्रेस युनियनले शुरु गरेको पत्रकार कल्याण कोषका बारेमा चर्चा गर्दै उक्त कल्याण कोषमा सहयोग गर्न अपील पनि गर्नुभयो । उहाँले समग्र पत्रकारहरुलाई समस्या परेको बेला सहयोग प्रदान गर्ने हेतुले कोष प्रभावकारि हुने भएकाले यसको निरन्तरतामा युनियन कटिबद्ध रहेको प्रष्ट पार्नुभयो ।

नेपाल प्रेस युनियन बाँकेको आयोजनामा भएको पत्रकार भेटघाटमा नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोइराला, नेपाल प्रेस युनियनका उपमहासचिव प्रेम केसी, बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, काँग्रेस लुम्बिनी प्रदेश सदस्यहरु दिक्षा कोइराला, परमेश्वरी पाठक, कृष्णा सापकोटा, अञ्जना पाण्डे लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार