मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

माधवकुमार नेपाललाई मिलेर अघि बढ्न एमाले अध्यक्ष केपी ओलीको प्रस्ताव

महमूद आलम खान 1133+ समाचार ( )
एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत ‘मिलेर अघि बढौं, म एककदम पछि हट्न तयार छु’ भन्दै फोन तथा म्यासेज गर्नु चाहिँ अचम्मको कुरा हो ।
१८ चैत्र २०७८, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हरेक दिनजसो गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको भाषण गर्छन् । तर, स्थानीय तहको निर्वाचन नजिकिएसँगै ओली अतालिन लाथेका छन् ।

सत्तारुढ गठबन्धनका दल तीनै तहको निर्वाचनमा मिलेर जान सहमत भएसँगै ओली अतालिएका हुन् । गठबन्धन यथावत हुँदा तीनै तहको निर्वाचनमा सर्वनाक हार हुने बुझेर अतालिएका ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘मिलौन’ भनेर बारम्बार म्यासेज गरिरहेका छन् ।

ओलीले प्रचण्डलाई ‘मिलौन’ भनेर म्यासेज गर्नु खासै ठूलो कुरा भएन । तर, भर्खरै एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत ‘मिलेर अघि बढौं, म एककदम पछि हट्न तयार छु’ भन्दै फोन तथा म्यासेज गर्नु चाहिँ अचम्मको कुरा हो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल अहिले टर्कीमा छन् । जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा भाग लिन टर्की पुगेका हुन् । नेपाल भोली नै स्वदेश फर्कँदै छन् । तर, पराजयको डरले छटपटीमा रहेका ओलीले फोन गरेर सत्ता गठबन्धन तोड्ने प्रयास गरेका हुन् ।

ओलीले हिजो नेपालगञ्जबाट टर्कीमा रहेका नेपाललाई फोन गरेर सहमति भए आफू एककदम पछि हट्न तयार रहेको बताएका हुन् । नेपालले भने जवाफमा ‘यस्तो कुरा सम्भव छैन’ भनेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार