मुख्य समाचार
हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण |

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

यूथ टुडे समाचारदाता 3412+ समाचार ( )
प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनुभएका थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
१६ श्रावण २०८०, मङ्गलबार

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त हुनुभएको छ । 

प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनुभएका थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

त्यसअघि अपराह्न ४ बजेर ४५ मिनेटमा थापाले मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुभएको थियो । 

कोशी प्रदेश सभामा ९३ सदस्य रहेका छन् । जसमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ जना प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । एक हप्ता अघि अदालतको निर्णयपछि थापाको मुख्यमन्त्री पद खारेज भएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री थापाले एक महिना भित्र विश्वासको मत लिने बताउनुभयो । उहाँले सदनभित्र गणितीय सङ्ख्याका कारण राजनीतिक समस्या आइरहेकाले सबै दलहरूबिच सहमति कायम गरी विश्वासको मत लिने उल्लेख गर्नुभयो । राजनीतिक स्थायित्वका लागि पनि गठबन्धन दलहरूबिच सहमति कायम भएको उहाँको भनाई छ ।

भोलि बिहान १० बजे मुख्यमन्त्रीको सपथ तथा मन्त्रीपरिषद् विस्तार गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार