असलम भाट
को ७ नम्बर वडा कार्यालयले २०४५ साल देखि घर बनाई बस्दै आएका सुकुम्बासी हरुको जग्गा आफ्नो पार्टीको करिबी कार्यकर्ता लाई जोत भोगको प्रमाणित गरि सिफारिस दिएको कुरा बाहिर आएको छ ।
बाँके जिल्ला साविक सोनपुर वडा नम्बर ९ कित्ता नम्बर १३० हाल नयाँ नापी अनुसार कायम सिट नम्बर ०३५/१०८२ कित्ता नम्बर ८८ को अन्दाजी वर्ग मिटर ०३३८६.३० जग्गा राजेश थापाले २०६५ साल देखि जोत भोग गर्दै आएको भनि वडा अध्यक्ष राम गोपाल यादवले ०३/१३ गते जोत भोग प्रमाणित गरेका थिए ।
उक्त कित्ता नम्बर को जग्गामा २०४५ साल देखि नै राम बहादुर कवर , कर्ने दमई , अजय सुनार लगायतका ब्यक्ती हरुको सुकुम्बासी परिवार बसोबास गर्दै आईरहेका थियो कित्ता नम्बर ८८ को जग्गा एकलौटि थापाको नाममा वडा अध्यक्ष यादव ले जोत भोग प्रमाणित गरिदिएको थाहा पाएसी हामी वडा कार्यालय घेराउ गर्न पुगेका थियो पिडित अजय सुनारले बताए ।
कार्यालय घेराउ गरेपछि तपाईं हरु उक्त जग्गामा बस्नु हुन्छ तपाईं हरु हल्ला बिवाद नगर्नुस तपाईं हरुलाई पनि उक्त जग्गाको जोत भोग प्रमाणित गरिदिन्छु भनि सम्झाई बुझाई गरि वडा अध्यक्ष यादवले हामी पिडित हरुलाई आश्वासन दिएको जानकारी कर्ने दमाई ले जानकारी गराए ।
एउटा वडा अध्यक्ष पैसाको लालचमा हामी सुकुम्बासी हरुलाई घरबिहिन बनाउन खोज्ने कार्यको घोर निन्दा गर्द्छु र हामिलाई घर बिहिन बनाउन खोज्ने वडा अध्यक्ष लाई गाउपालिकाले कारवाहीको दायरामा ल्याउनु पर्ने राम बहादुर कवर ले बताए ।
पुर्व वडा अध्यक्ष अतिउल्ला खान को कार्यकालमा थापा भन्ने ब्यक्ती जोतभोग प्रमाणित गराउन आएका थिए तर उक्त जग्गामा अरु सुकुम्बासीहरुले बसोबास गरेको कारण एकलौटी जोतभोग प्रमाणित नगरेको खान ले बताए ।
तत्कालीन वडा अध्यक्षका वरिपरिका कार्यकर्ता हरुले वडा हाम्रै हो हामी सत्तामा छौ जस्तो इच्छा लाग्छ त्यस्तै चलाउछौ भन्ने धम्की दिदै हिडेका छन स्थानिय हरु बताउछन ।
यस विषयमा हाम्रा संवाददाताले वडा अध्यक्ष यादवलाई सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।