मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

प्रहरीले हटायो विरेन्द्रको शालिक, झडपमा दर्जनौ प्रहरी घाइते

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
मुलुक गणतन्त्र संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा पुगेको अवस्थामा राजावादी समूहले गरेको यो प्रयास लोकतान्त्रिक जनआन्दोलनमा सहभागी सम्पूर्ण नेपाली जनताको भावनाको विपरित भएको यस्तो कार्य तत्काल रोक्न प्रशासन संग युवाहरुले माग गरेका छन् ।
१८ जेठ २०७९, बुधवार

बाँके । नेपालगञ्जको धम्बोझी चोकमा बिहीबार राप्रपा निकट राष्ट्रवादी युवा समूहले राखेको पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक स्थानीय प्रशासनले हटाएको छ ।

चोकमा रहेको झण्डा फेर्ने बाहानामा राष्ट्रवादी युवा समूहका युवाहरुले बिहीबार बिहान करिव साढे ८ बजेतिर शालिक राखेका थिए । प्रहरीले शालिक राख्दै गरेको देखे पछि हटाएको हो । 

शालिक हटाउन नपाउने भन्दै राप्रपाका युवा कार्यक्रर्ताले प्रहरी माथि ढुंगामुढा गरेपछि केहि समय स्थिति तनावग्रस्त बनेको थियो ।

प्रहरीले शालिक हटाउने क्रममा राजाबादी युवाहरुले अवरोध गर्ने प्रहरीले भिडलाई तितरवितर गर्न ७ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

केही व्यक्तिहरुले जबरजस्तीरुपमा बलप्रयोग गर्दै पूर्वराजा वीरेन्द्रको शालिक राखेर गणतन्त्रको अपमान गरेको युवाहरुले सामाजिक संजालमा लेखेका छन् । 

मुलुक गणतन्त्र संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा पुगेको अवस्थामा राजावादी समूहले गरेको यो प्रयास लोकतान्त्रिक जनआन्दोलनमा सहभागी सम्पूर्ण नेपाली जनताको भावनाको विपरित भएको यस्तो कार्य तत्काल रोक्न प्रशासन संग युवाहरुले माग गरेका छन् । 

शालिक हटाउने क्रममा भएको झडपमा प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार