मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

माओवादी केन्द्र कृष्णनगरको नगर सम्मेलन सम्पन्न अध्यक्षमा : जावेद आलम

महमूद आलम खान 1132+ समाचार ( )
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कृष्णनगर नगर समिती प्रथम सम्मेलन जावेद आलम खांको
११ मंगशिर २०७८, शनिबार

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कृष्णनगर नगर समिती प्रथम सम्मेलन जावेद आलम खांको अध्यक्षता प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य,लुम्बिनी प्रदेश इंचार्ज,पुर्व मंत्री चक्रपाणि खनाल बलदेव विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला समन्वय समिती अध्यक्ष रामचंद्र शाह,वाईसीएल कपिलवस्तु इंचार्ज शिव बन्जाडे अतिथीमा कृष्णानगर नगर इंचार्ज केशर ओली, प्रतिनिधि मौलाना मशहुद खां नेपाली, डॉ अब्दुल गनी अलकुफी,शैख जैस मक्की,मौलाना‌ जाहीद आजाद झण्डानगरी लगायत रहेका थिए।

प्रथम सम्मेलन कार्यक्रममा मौलाना मशहुद खां नेपालीले उपस्थित प्रमुख विशिष्ट अतिथि तथा कार्यकर्ताहरु लाई फुलमाला लगाई भव्य स्वागत गर्दै कार्यक्रममा आएका सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए।

नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथी पूर्व मंत्री खनालले आदीवासी जनजाति दलित अल्पसंख्यक मुस्लिम महिला तथा मधेशीको समान अधिकार दिने नेकपा माओवादी केन्द्र पार्टी अग्रणी भुमिकामा रहेको छ। नेपाल भरीमा भव्य तथा सभ्य रुपमा नगर सम्मेलन भइ रहेको बताउदै यो क्षेत्रको विकास र बदलावका लागि सबै मिलेर नेकपा माओवादी केन्द्र पार्टी लाई समर्थन गरि जिताउनु पर्ने आवश्यकता रहेको छ।जनता र देशको हितमा आफुहरुले काम गर्ने उद्देश्यले अगाडी बढ़ने क्रममा तानाशाह प्रवृत्तिका नेतृत्वहरुले गर्दा आफुहरु जनताको हितमा सोचेको काम गर्ना नपाए पछि हामी पुरानै नेकपा माओवादी केन्द्रमा फर्केर जनता माझ आएको देशमा रहेका सबै कम्युनिष्टहरुलाई एकजुट गराउने प्रचण्डको योजना केपी ओलीको स्वार्थ कारण पुरा हुन नसकेको बताउनुभयो । दश वर्ष सम्म आन्दोलन गरी ल्याएको व्यवस्थामा अहिले अरू कसैले राज गरिरहेको बताउँदै अब यी व्यवस्था चलाउन सबै माओवादी आउने जिकिर गर्नुभयो ।

विशिष्ट अतिथि शाहले कार्यक्रममा उपस्थित सम्पूर्णलाई हृदय देखि धन्यवाद व्यक्त गर्दै नगरसम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न‌ हुने विश्वास व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका सम्पूर्ण समर्थकहरु मिलेर आगामी चुनावमा उठने उम्मेदवार लाई धेरै मतान्तरले विजयी बनाउना सबै संग अपील गरेका थिए।

नेकपा माओवादी केन्द्र कृष्णानगर नगर समिती अध्यक्षमा जावेद आलम खांको अध्यक्ष रहने गरि सात पदाधिकारी सहित ५९ सदस्यीय नगरसमिती निर्वाचित भएको र ६ जना पछि मनोनित हुने कुरा नगर इंचार्ज केशर ओलीले बताए।

नगर सम्मेलनको उद्घाटन सत्रको समापन कार्यक्रमका अध्यक्ष जावेद आलम खांले गरे र बन्दसत्रमा कृष्णानगर नगरपालिका निर्वाचन समितीका अध्यक्ष उमाशंकर मिश्रा सहित ७ सदस्यीय समितीले निर्वाचित पदाधिकारी सहित सदस्यहरुलाई पार्टीको सपत ग्रहण गराइ प्रमुख अतिथीको मार्फत प्रमाण पत्र वितरण गराउदै बन्द सत्र कार्यक्रमको समापन निर्वाचन समितीका अध्यक्ष मिश्राले गर्नु भयो।

सम्पुर्ण कार्यक्रमको नियन्त्रण रेख देख तथा व्यवस्थापनको जिम्मेवारी नगर इंचार्ज केशर ओलीले सहज तरिकाले निर्वाह गर्नुभयो।

कार्यक्रमको‌ संचालन नगरसमिती सचिव गणेश‌ प्रसाद बन्जाडेले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार