मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

सौन्दर्य पेशामा महिलाको आकर्षण बढ्दै, न्यु आईटीसीले ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरको शाखा खोल्यो

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

बाँके । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको गुड न्यु आईटीसि ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले नेपालगंजको वेस्र्टन मार्टमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

बिगत ६ बर्ष देखि सौन्दर्य क्षेत्रमा पश्चिम नेपालकै उत्कृष्ट ब्यूटिपार्लर एण्ड ट्रेनीङ सेन्टर बन्न सफल भएको गुड न्यु आईटीसी ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले सौन्दर्यका पारखिहरुका लागि सेवा प्रदान गर्नुको साथै सौन्दर्य पेशालाइ अङ्गाल्न खोज्नेहरुको लागि तालिमको समेत ब्यबस्था गर्दै आएको छ । 

सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभवलाई आफ्नै देशमा केहि गरौं भन्ने उद्देश्यका साथ संचालन गरिएको न्यु आईटीसी ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरमा अनुभबी दक्ष सौन्दर्यकर्मी मार्फत महिलाहरुलाई सौन्दर्य सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने संचालक एंव बरिष्ट सौन्दर्यकर्मी गिता भण्डारीले बताउनु भयो । उहाँले न्यु आईटीसी मार्फत स्किनको उपचारका साथै मेकप स्टुडियो समेत संचालनमा आएको जानकारी दिनु भएको थियो । 

ब्युटिसियन बन्न चाहने, शिप सिक्न चाहनेहरुको लागि ट्रेनिङको समेत ब्यबस्था गरिएको बताउदै सौन्दर्यकर्मी भण्डारीले स्वदेशमा नै व्यवसाय गरी रोजगारीको सिर्जना गर्दै आर्थिक रुपमा समेत सवल महिलाको रुपमा स्थापित गर्नका लागि सेन्टरको शाखा स्थापना गरेको जिकिर गर्नु भयो । उहाँले भन्नुभयो, ७ वर्षमा ५ हजार लाई ब्युटिसियन बनाएको बताउनु भयो । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले एक कार्यक्रमका बिच सेन्टरको उदघाटन गर्नु भएको थियो । उहाँले प्राविधिक शिक्षा प्रदान गर्दै आईरहेको न्यु आईटीसीले हालसम्म धेरै तालिम तथा सिपहरू प्रदान गर्दै आईरहेको बताउँदै भण्डारीले भन्नुभयो–’अबको तालिम सिकाई मुलक एवं गुणस्तरी हुनुपर्दछ, तब मात्र पेशागत दक्षता हासिल गर्न सकिन्छ ।’

पार्लरमा अनुभबी सौन्दर्यकर्मीद्वारा सेवा सुविधा उपलब्ध गराइने सञ्चालक गिता भण्डारीले जानकारी दिनु भयो । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको न्यु आईटीसी ब्यूटीपार्लरमा दक्ष अनुभवि सौन्दर्यकर्मीद्वारा सेवाग्राहीले सेवा लिन पाउने भण्डारीको भनाई थियो । कार्यक्रममा अधिकारकर्मी एंव पत्रकार आलम खान, रामु ओली, कमल डाँगी, भिष्म लोधक, सौन्दर्यकलाको तालिम लिन आएका महिलाहरुको सहभागिता रहेको कार्यक्रमको संचालन पत्रकार करुणा शाहले गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार