मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

नरैनापुरमा अतिक्रमित घर टहरा भत्काउन सुरु

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
बाँकेको नरैनापुर गाँउपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर वडा नं १ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको छ ।
२८ मंगशिर २०७९, बुधवार

महमूद आलम खान

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर वडा नं १ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको छ ।

गाँउपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काउन सुरु गरिएको वडा नं. १ का अध्यक्ष इसाक जोहलले बताउनु भयो । उहाँले वडा सदस्य रियाज खाँले अतिक्रमण गरी बनाएको घर भत्काउन पटक पटक लिखित जानकारी गराए पनि घर नभत्काए पछि डोजर लगाएर भत्काउन बाध्य भएको बताउनु भयो ।

गाँउपालिका क्षेत्र भित्र सार्वजनिक जग्गालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना गाँउपालिकाले डोजर लगाएर भत्काउने प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताउनु भयो ।

पालिकालाई ब्यवस्थित बनाउने लक्ष्य अनुरुप पहिलो चरणमा अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन थालेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो । ‘सार्वजनिक सम्पतिको दोहन गरी कसैले पनि यसरी संरचना बनाउन पाउँदैन’ अध्यक्ष शाहले भन्नुभयो नियम मिचेर बनाइएका यस्ता संरचना क्रमश गाँउपालिकाले भत्काउँदै जानेछ ।’

गाँउपालिकाले सार्वजनिक जग्गाहरू अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरू हटाउन पटक पटक लिखित पत्र समेत दिएको थियो । स्थानीयले अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको नरैनापुर गाँउपालिकाका अध्यक्ष शाहले बताउनु भयो । गाँउको सडक साँघुरो हुँदै गएकाले ब्यवस्थित रुपमा सडक विस्तार गर्ने उद्येश्यका साथ प्रहरीको सहयोगमा अतिक्रमित घरटहरा भत्काउन सुरु गरिएको अध्यक्ष शाहले जिकिर गर्नु भयो ।

अध्यक्ष शाहका अनुसार पहिलो चरणमा नरैनापुर १ र ४ मा गरी एक दर्जन घरमा डोजर लगाएर भत्काइएको छ । उहाँले भन्नुभयो,बाँकी रहेका अनाधिकृत रुपमा बनाइएका घर टहरा समयसिमा भित्रै नहटाए डोजर लगाएर भत्काउन बाध्य हुने बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार