बाँके । डुडुवा गाउँपालिकामा हालै उत्पन्न विवाद र आन्दोलनको विषयलाई लिएर लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री भण्डारी लाल आहिरले गम्भीर ध्यानाकर्षण गराएका छन् ।
गाउँपालिकामा भएको घटनाबारे सार्वजनिक विज्ञप्ति जारी गर्दै सांसद आहिरले गाउँपालिका अध्यक्षले आफ्ना अनियमितता र भ्रष्टाचारलाई ढाकछोप गर्न "जेन-जी" आन्दोलनको नाममा आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाएका हुन् ।
उनका अनुसार, गाउँपालिका कार्यालयको स्थायी वासस्थानमा गरिएको तोडफोड, आगजनी प्रयास तथा सेवामा अवरोधका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन् । “गाउँपालिकाका जनतालाई आतंकित बनाउनका लागि अध्यक्षकै निर्देशनमा आफ्ना नजिकका व्यक्तिहरूमार्फत यो अवस्था सिर्जना गरिएको हो,” विज्ञप्तिमा भनिएको छ ।
सांसद आहिरले गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले घटनामा आफू नेतृत्वमा कार्यालय तोडफोड गरिएको भनी लगाइएको आरोपलाई मनगढन्ते र वास्तविकताविपरीत भन्दै खारेज गरेका छन् । “जनताको न्यायोचित मागलाई दबाउन मेरो नाममा आरोप लगाइएको हो,” उनले स्पष्ट पारेका छन् ।
उनले डुडुवा गाउँपालिकामा विकास निर्माणका नाममा भएको व्यापक भ्रष्टाचार, मदिरा दुरुपयोग र अनियमितताले स्थानीय जनता आक्रोशित भएको बताउँदै, आन्दोलन वास्तविक जनआवाजबाट उठेको तर त्यसलाई राजनीतिकरण गरेर आफूलाई दोषी देखाउने षड्यन्त्र भएको बताएका छन् ।
“जनताले उठाएको मुद्दा सत्य हो । गाउँपालिकामा भएको भ्रष्टाचार र अनियमितता विरुद्ध म सधैं जनतासँगै छु,” सांसद आहिरको भनाइ छ । उनले गाउँपालिकामा ढाकछोप र मोलमोलाइ नगरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन् ।
डुडुवा गाउँपालिकामा भएको हालको अशान्ति र आन्दोलनलाई लिएर आरोप–प्रत्यारोप बढ्दो छ । एकातिर जनताले भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका छन् भने अर्कोतिर त्यसलाई ढाकछोप गर्न जिम्मेवार पदाधिकारी नै आन्दोलन भडकाउने प्रयत्नमा लागेको आरोप सार्वजनिक भएको छ । यसले स्थानीय राजनीति र जनजीवन अझै तनाबपूर्ण बन्ने देखिन्छ ।
Sansad bhandari sir ko kura sahi ko Gaupali Adhyachh bhaschar nai garexa 1 Yadi zen z le ago lagayeko bhaye purai gaupalika jalnu parne lekha shakha ko kagjach kina 2 CCTV Camera kasari band bhayo 3 gate guard kaha thiye 4 gaupalika ka rakhiyeko nagar police kaha thiye Yo sab herara palika adhyachh lai nai garako spast dekhekai xa Ma na kunau pati ko hu na kasari ko dabab ma je dekhexu bujhe xu satya tathya bhaneko