मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

प्रमुख जिल्ला अधिकारीलाई धम्कीप्रति चार कर्मचारी संगठनको संयुक्त आक्रोश

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१ कार्तिक २०८२, शुक्रबार

बाँके । बाँके जिल्लामा हालै सम्पन्न जनजी आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड तथा लुटपाटका घटनाहरू भएको भन्दै जिल्ला प्रशासनमा कार्यरत कर्मचारीहरूमाथि अवाञ्छित दबाव र धम्की दिएको घटनाले नयाँ विवाद निम्त्याएको छ। यसप्रति बाँके जिल्लास्थित निजामती सेवामा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनहरूले संयुक्त रूपमा विरोध जनाएका छन्।

संयुक्त प्रेस नोटमार्फत युनियनहरूले जनाएअनुसार, बाँकेको प्रमुख जिल्ला अधिकारी श्री धर्मराज जोशीलाई विभिन्न समूहका नाममा धम्क्याउने, कर्मचारीहरूको मनोबल गिराउने कार्य तथा तथ्यबिना आरोप लगाउने जस्ता गतिविधिहरू प्रति उनीहरूले गम्भीर आपत्ति जनाएका छन् ।

कर्मचारी संगठनहरुले निकालेको विज्ञप्तिमा भनिएको छ, “कर्मचारीहरू जनताको सेवामा खटिरहेका छन्। यिनलाई आधारविहीन आरोप लगाउँदै मानसिक त्रास सिर्जना गर्ने, डरधम्की दिने, र सेवा प्रवाहमा बाधा पु¥याउने जस्ता कार्यहरू सह्य हुँदैनन्।”

संयुक्त प्रेस नोटमा उल्लेख गरिएअनुसार, कर्मचारीहरूले सार्वजनिक सम्पत्ति जोगाउन र सेवा सुचारु राख्न दिनरात खटिएको अवस्थामा उनीहरूलाई दोषारोपण गर्नु अन्यायपूर्ण कार्य हो। त्यसैले यस्ता व्यवहार तत्काल रोक्न र यथोचित कानुनी कारबाही हुनुपर्ने माग गरिएको छ।

प्रेस नोटमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र एकीकृत सरकारी कर्मचारी संगठन बाँके जिल्ला कार्य समिति रहेका छन् ।

उनीहरूले सरकारलाई यस्ता कार्यहरूको छानबिन गरी दोषीमाथि कारबाही गर्न र कर्मचारीहरूको मनोबल उच्च राख्न आवश्यक वातावरण निर्माण गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार