मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

नरैनापुरको पूर्वी नहरको निमार्ण सुरु

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
बाँके क्षेत्र नं. १ (क) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूनाको पहलमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहर अन्तर्गत नरैनापुर क्षेत्रमा नहरको निर्माण सुरु भएको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।
१३ पौष २०७९, बुधवार

बाँके । नेपाली लगानिमै बनेको सिक्टा सिचाई आयोजना मार्फत कृषकहरुको खेतसम्म पानी पुर्याउनका लागि नरैनापुरको पूवी नहरको निमार्ण बुधबार देखि सुरु भएको छ ।

बाँके क्षेत्र नं. १ (क) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूनाको पहलमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहर अन्तर्गत नरैनापुर क्षेत्रमा नहरको निर्माण सुरु भएको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।

गाँउपालिका अध्यक्ष शाहले भन्नुभयो, खास गरी निर्माण सम्पन्न नहुँदै नहरको केही भाग भत्कनुले नहरको निर्माण अबरुद्ध भए पछि उक्त नहर निर्माणका लागि गाँउपालिकाले लामो समय सम्म गरेको प्रयास पश्चात आजबाट निर्माण कार्य सुरु भएकोले अब सिचाईका लागि कृषकलाई सहज हुने जिकिर गर्नु भयो ।

पूर्वी नहर खण्डको ३७ किलोमिटरसम्मको नहरको निर्माण सक्दो छिटो सम्पन्न गर्ने गरी लागेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विशाल यादवले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य नमूनाले भन्नुभयो, नरैनापुर र राप्ती सोनारीको केहि भाग सिचाई गर्नका लागि पुर्बी नहरको निर्माण गराउन सफल भएको बताउदै जनताको समस्या समाधान गराउन आफू कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उहाँले नरैनापुर र राप्ती सोनारीको बिकासका लागि प्रदेश र संघीय सरकारबाट बजेटको माग गरेको बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार