मुख्य समाचार
हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण |

मुस्लिम मुक्ति मोर्चा नेपालगञ्जको अध्यक्षमा अल्फात निर्विरोध निर्वाचित

यूथ टुडे समाचारदाता 3412+ समाचार ( )
२० मंगशिर २०८०, बुधवार

बाँके । मुस्लिम मुक्ति मोर्चा नेपाल नेपालगञ्ज उपमहानगरपालिकाको अध्यक्षमा अल्फात खाँ निर्विरोध चयन भएका छन्। नेपालगञ्जमा सम्पन्न दोस्रो नगर भेलाले २ वर्षे कार्यकालका लागि खाँलाई चयन गरेको हो ।

उनको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । उक्त समितीको उपाध्यक्षमा सकिला बानो, रफिक सिद्धिकिलाई चयन गरिएको छ । सचिवमा बिश्राम अलि बेहना त्यस्तै कोषाध्यक्षमा भने गज्जब अलि सल्मानी चयन भएका छन्।

नगर भेलालाई माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डेले सम्बोधन गरेका थिए । उनले समुदायको उत्थानका लागि एक्यबद्धता र खबरदारी आवश्यक रहेको बताएका थिए  । यस्तै कार्यक्रमा बोल्दै प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका सचिव आलम खानले भने ‘मुस्लिम समुदायको पहिचान स्थापित गर्न अझै संघर्षहरु बाँकी रहेको छ,उनले भने, माओवादी केन्द्रकै कारण मुस्लिमहरको पहिचा स्थापित भएको, राष्ट्रिय विदा, धर्म निरपेक्षता जस्ता विषयले प्राथमिकता पाएकाले माओवादी केन्द्रले सुरु गरेको रुपान्तरण अभियानलाई सफल बनाउन भुमिका निर्वाह गर्न र पार्टी प्रति प्रतिवद्ध भएर लाग्नु पर्छ।’

नगर भेलामा बोल्दै माओवादी केन्द्र बाँकेका सचिव डिल्ली वरालले सीमान्तकृत, सर्वहरा वर्ग र मजदुर किसानको पक्षमा माओवादी निरन्तर लागिरहने बताए। कार्यक्रममा माओवादी केन्द्र नेपालगञ्जका संयोजक रतन शाही, सचिव प्रेम, महिला नेतृ कसमिरा बानो, मौलाना मन्सुर आरफि लगायतले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार