मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

कांग्रेसका वरिष्ठ नेता डुण्डीराज शास्त्रीको निधन

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२ असार २०८२, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ  नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको सोमबार बिहान उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौं मेडिकल कलेज सिनामङ्गलका उपचारको क्रममा उहाँको बिहान ५ बजे निधन भएको जानकारी उहाँका भजिता दुर्गाप्रसाद पौडेलले गोरखापत्र अनलाइनलाई  दिनुभयो । 

शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री बन्नु भएको थियो । शास्त्री अर्धाखाँचीबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

समाजवादी चिन्तकको रुपमा परिचित शास्त्री नेपाली कांग्रेसको केन्द्रीय सदस्य, अर्घाखाँची कांग्रेसको जिल्ला सभापति समेत हुनुभएको थियो । 

उहाँका तीनवटी श्रीमतीमध्ये जेठी श्रीमती रमा पौडेलको ८६ वर्षको उमेरमा २० दिनअघि निधन भएको थियो । 

माहिली लता पौडेल र कान्छी श्रीमती माया पौडेल हुनुहुन्छ । कान्छी श्रीमती उहाँकै साथमा हुनुहुन्थ्यो भने माहिली श्रीमती देवघाटमा बस्दै आउनु भएको छ । शास्त्रीको निधनको खबर पाएपछि उहाँ काठमाडौं आइसक्नु भएको छ । 

तर शास्त्रीका दुई छोरा नवीन पौडेल जर्मनी र ऋषव पौडेल जापानमा रहेकाले आउने क्रममा हुनुहुन्छ । मङ्गलबार उहाँहरू आएपछि स्वर्गीय शास्त्रीको पार्थिव शरीरलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ललितपुर सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी पनि पारिवारिक स्रोत दिएको छ ।  शास्त्रीका तीन छोरी हुनुहुन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार